• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

टीकापुर-खक्रौला सडकको प्रगति शून्य

  •   सोमबार, पुष ०९, २०८० मा प्रकाशित

टीकापुर- दुई पटक थपिएको म्याद समेत सकिन चार दिन मात्र बाँकी रहँदा हुलाकी सडकको पथरैया–टीकापुर–अस्नेहरी खण्डको प्रगति ३५ प्रतिशतमै सीमित छ । तीस महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको एपेक्स खड्का कृष्ण जेभीले गत वर्ष पुस १३ गतेसम्मका लागि म्याद थप गरेको थियो ।

निर्माण कम्पनीले टीकापुरको जमरा पुलदेखि जानकी गाउँपालिकाको सीमाना,दुर्गौली बजारदेखि पथरैयासम्मको क्षेत्रमा काम गरिरहेको छ । यो सडकको बेस निर्माणको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । पहिलो खण्डको लम्कीदेखि पथरैयासम्मको सडक गत असार महिनामै सम्पन्न भए पनि पथरैया–टीकापुर–अस्नेहरी खण्डको सडक निर्माणले गति लिन सकेको छैन ।

तीस महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी लम्की–टीकापुर–खक्रौलासम्मको २९.७ किलोमिटर सडक तीन खण्डमा ठेक्का सम्झौता भएको थियो । पहिलो खण्डको लम्कीदेखि पथरैयासम्मको सडक गत असार महिनामै सम्पन्न भए पनि पथरैया–टीकापुर–अस्नेहरी खण्डको सडक निर्माणले गति लिन सकेको छैन ।

निर्माण कम्पनीका कन्स्ट्रक्सन म्यानेजर ब्रह्मदेव यादवले सडक खण्डमा ६५ प्रतिशत भौतिक प्रगति भएको दाबी गरे । ‘हामीले सडकको बेस निर्माण गरिरहेका छौं, कल्भर्ट, वाल निर्माण लगभग सकिएको छ, फोर लेन सडकका लागि गार्डेनिङको काम गरिरहेका छौं,ु यादवले भने ‘हुलाकी सडक आयोजनाले ३५ प्रतिशत कामको भुक्तानी गरेकाले प्रगति कम देखिए पनि सडक निर्माण तीब्र गतिमा भइरहेको छ ।’

सँगैसम्झौता भएको लम्की खण्डको काम सम्पन्न भइसक्दा समेत कामको प्रगति नहुँदा स्थानीयले सास्ती व्यहोर्दै आइरहेका छन् । दुर्गौली बजार क्षेत्रमा सडकसम्बन्धी विवाद रहेको बताउँदै यादवले आगामी जेठ मसान्तसम्म बाँकी सडख खण्डको कालोपत्रे काम सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको बताए । ‘दुर्गौली बजारमा सडक बजारभन्दा अग्लो भयो भन्दै केही विवाद छ,त्यो बाहेक हामी जेठभित्र कालोपत्रे गरिसक्छौं,ुयादवले भने, ‘त्यहाँ विवाद नमिले काम नगरेर भए पनि अन्त सक्नेगरी लागेका छौं ।’

सँगैसम्झौता भएको लम्की खण्डको काम सम्पन्न भइसक्दा समेत कामको प्रगति नहुँदा स्थानीयले सास्ती व्यहोर्दै आइरहेका छन् । टीकापुरका व्यवसायी पुष्प बमले भने, ‘सँगै सम्झौता भएको एक भाग असारमै सकियो,यता कहिले सकिने कुनै ठेगान छैन, तीन वर्ष बढी समयदेखि जथाभावी निर्माण सामग्री थुपारिएको छ, काम भएजस्तो देखिन्छ,प्रगति छैन । यसले यात्रुले थप सास्ती व्यहोर्नु पर्छ ।’

हुलाकी सडक आयोजना धनगढीका प्रमुख पारसमणी हमालले विना कारण सडक निर्माणको म्याद थप गर्न नसकिने बताए । टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले निर्माण कम्पनी,हुलाकी सडक आयोजनालाई समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीको म्याद थप्न नहुने बताए ।

‘टीकापुर नगरपालिकाले समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई जरिवाना तिराएको छ,ठूला आयोजनाका नाममा पटक पटक म्याद मात्रै थप्दा काम सम्पन्न हुन नसकेको हो,ु उपप्रमुख शाहले भने, ‘हामीले पटक पटक हुलाकी सडक आयोजनालाई म्याद नथप्न, कानुन अनुसार जरिवाना लगाउन भनिरहेका छौं, फेरि पनि म्याद थप हुनु भनेको आयोजनाको समेत बदनियत देखिन्छ ।’

पथरैया–टीकापुर–अस्नेहरी सडक खण्डको ८ किलोमिटर सडकखण्डमा साढे तीन किलोमिटर चारलेन सडक छ । सो खण्डमा झण्डै एक हजार मिटर ड्रेनको काम समेत बाँकी रहेको छ ।

उपप्रमुख शाहले समयमा काम नगर्नेलाई कानुनअनुसार जरिवाना तोक्दा कामको प्रगति हुने बताए । हुलाकी सडक आयोजना धनगढीका प्रमुख पारसमणी हमालले विना कारण सडक निर्माणको म्याद थप गर्न नसकिने बताए । ‘तीस महिनामा सक्ने काम कोरोनाका कारण ढिलाइ भएको रहेछ,अब कुनै पनि बाहनामा म्याद थप गर्न कारण चाहिन्छ,ु हमालले भने, ‘त्यस्तो केही कारण अहिलेसम्म देखिएको छैन, साइड क्लियर गर्ने जिम्मा कार्यालयको हो बाँकी काम नभए खरिद ऐन र सम्झौता अनुसार जरिवाना लाग्ने छ ।’

हमालले आफूले निर्माण कम्पनीलाई सडक निर्माणको काम चाँडो सक्न ताकेता गरिरहेको बताए । पथरैया–टीकापुर–अस्नेहरी सडक खण्डको ८ किलोमिटर सडकखण्डमा साढे तीन किलोमिटर चारलेन सडक छ । सो खण्डमा झण्डै एक हजार मिटर ड्रेनको काम समेत बाँकी रहेको छ । उक्त खण्डको ८ किलोमिटर सडकका लागि २०७७ जेठ २६ गते ४० करोड ९९ लाख रुपैयाँमा निर्माण कम्पनीले हुलाकी राजमार्ग निर्देशनालयसँग सम्झौता गरेको थियो । अन्नपूर्णबाट

  • टीकापुर-खक्रौला
सोमबार, पुष ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.