धनगढी- हिमशिखर सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभामा गोरखापत्र दैनिकका सुदूरपश्चिम संयोजक तथा अनुमोदन दैनिकका प्रकाशक सम्पादक प्रकाश विक्रम शाह सम्मानित भएका छन् । शाहले सहकारीका क्षेत्रमा कलम चलाएर उत्कृष्ट योगदान पुर्याएको भन्दै नगदसहित सम्मानित गरेको हो ।
शाह नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय सदस्य एबम् सुदूरपश्चिम संयोजक, गोरखापत्र दैनिकका पूर्ब सञ्चालक समिति सदस्य हुन् । उनी धनगढीमा कर्मथलो बनाई अढाई दशकदेखि क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएका छन् ।













