• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ३. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ४. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ५. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ६. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ७. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ८. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

  • १०. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

दुम्लिङमा सशस्त्र प्रहरीको बीओपी भवनको शिलान्यास

  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित

दार्चुला- ब्यास गाउँपालिका–२ दुम्लिङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) भवनको शिलान्यास गरिएको छ । भारतसित सीमा जोडिएको दुम्लिङमा शनिबार एक कार्यक्रमबीच बीओपी भवनको सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले शिलान्यास गरेको हो ।

दुम्लिङ बीओपीमा जवान ब्यारेकसँगै सोकपिक, सेप्टिक ट्यांक तथा अन्य संरचना निर्माण गरिने सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति डम्मरसिंह विष्टले बताए । बीओपी ब्यारेकमा ४ कोठा निर्माण गरिने छ । जगदम्बा निर्माण सेवा प्रा.वि.ले ८९ लाख २८ हजार बढी लागतमा निर्माण गर्नेछ ।

चालु आर्थिक वर्षभित्रै ब्यारेक भवनलगायत सम्पूर्ण संरचना निर्माण गरी सक्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको दुम्लिङ बीओपी इन्चार्ज जयबहादुर महताले बताए । अहिले दुम्लिङ बीओपी स्थानीयको घर भाडामा लिई सीमा क्षेत्रमा निगरानी गरिरहेको उनको भनाइ छ ।

भवन शिलान्यासका क्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेले मातहतका सुरक्षाकर्मीहरूलाई इमान्दार, अनुशासित, बफादार र कर्तव्यनिष्ठ भई सरकारबाट प्राप्त जिम्मेवारी र उत्तरदायित्वलाई उच्च मनोबलका साथ वहन गर्न निर्देशन दिएका थिए ।

यसअघि जिल्लाका विभिन्न ठाउँमा सशस्त्र प्रहरीका बीओपी स्थापना भएका छन् । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिलाई अझै विस्तार गर्दै लैजाने नेपाल सरकारको लक्ष्यअनुसार बीओपीहरूको स्थापना तीव्र गतिमा भइरहेको उनको भनाइ थियो ।

२०७७ असारको तेस्रो साता ब्यास गाउँपालिका–२ दुम्लिङमा सशस्त्रको बीओपी बस्दै आएको छ । स्थानीयको निजी घर भाडामा लिई बस्दै आएको भए पनि बीओपीको ब्यारेक भवनलगायतका संरचना निर्माण हुन थालेपछि सशस्त्र प्रहरी कर्मचारीलाई काम गर्न सजिलो हुने विश्वास लिइएको छ ।

दार्चुलामा सशस्त्र प्रहरीको सदरमुकाममा गण, ब्यासको छाङरु गुल्म तथा तिंकर, दुम्लिङ, सुन्सेरा, जौलजिवी र लालीमा बीओपी रहेका छन् । गण र तिंकर बीओपीबाहेक अन्य ठाउँमा ब्यारेक भवन र अन्य संरचना निर्माणाधीन तथा बन्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

जौलजिविमा छोटी भन्सार कार्यालयको भवनमा बीओपी राखिएको छ । लालीमा लेकम गाउँपालिकाको वडा केन्द्रमा रहेका सरकारी भवनमा बीओपी राखिएका छन् ।

सीमा सुरक्षाका लागि सशस्त्र बीओपी राखिएपछि सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप, चोरी तस्करी, अवैध सामग्री तार्ने जस्ता क्रियाकलापमा कमी आउने अपेक्षा गरिएको छ ।

बीओपीको संख्या बढेपछि सीमा सुरक्षासँगै चोरी–तस्करी नियन्त्रण भएको सशस्त्रको दाबी छ । यद्यपि, भारतबाट अहिले पनि तस्करी हुने गरेको सीमाक्षेत्रका स्थानीय बताउँछन् ।

सुरक्षा पोस्टहरू बसेपछि सीमाक्षेत्रका स्थानीयले सुरक्षाको भने महसुस गरेका छन् । चोरीका घटनाहरूमा कमी आएको सीमावर्ती गाउँका स्थानीयले बताएका छन् ।

 

  • भवनको शिलान्यास
मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

समाचार

सबै

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ३.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ४.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ५.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ६.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.