• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

कैलाली गाउँका बडघर भल्मन्साका नेतृत्वमा भएनन् महिला

  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित

कैलाली- कैलालीका थारू गाउँमा माघीपर्व सकिएपछि अहिले खोज्नी बोज्नी भेलाले गाउँमा बडघर र भल्मन्सा चयन गरिरहेका छन्। गाउँको नेतृत्व गर्ने मानिस गाउँमा भेला आयोजना गरी चयन गर्ने चलन छ। यसरी खोज्नी बोज्नी भेलाले नेतृत्व चयन गर्दा महिलाहरू भने नेतृत्वमा खासै पुग्न सकेका छैनन्। जानकी–७ की रामकुमारी चौधरीले बडघर तथा भल्मन्सामा महिलालाई नेतृत्वमा पुर्याउने विषयमा गम्भीरता नदेखिएको बताइन्।

“धेरै गाउँमा बडघर, भल्मन्सा चयनको प्रक्रिया जारी छ। भेलाले नेतृत्व गर्ने व्यक्तिलाई चयन गर्ने परिपाटीअनुसार कुनै गाउँमा निर्वाचन हुन्छ भने कुनै गाउँमा सहमतीय प्रक्रियामा बड्घर भल्मन्सा लगायत गाउँ कार्यसञ्चालन समिति चयन हुने गरेको छ”, उनले भनिन्, “यसरी चयन हुने प्रक्रियामा समावेशिता नभएको पाइन्छ। महिलालाई नेतृत्वमा ल्याउन कञ्जुस्याइँ हुन्छ।”

हरेक क्षेत्रमा कानुनअनुसार महिलाको सहभागिता ३३ प्रतिशत अनिवार्य गरिए पनि थारू गाउँमा बडघर भल्मन्सा छान्दा समावेशितालाई प्राथमिकता दिएको देखिँदैन। खोज्नी बोज्नी भेलाले अहिले पनि पुरुषलाई प्राथमिकता दिँदै वडघर समितिमा पुरुषको सङ्ख्या धेरै रहेको जानकी गाउँपालिका–५ की वसन्ती चौधरीले गुनासो गरिन्।

“विगतमा बडघर एक्लै हुन्थे, आजभोलि बडघर समिति हुन्छ। त्यसमा बस्ने सबै पुरुष नै हुन्छन्”, उनले भनिन्, “गाउँमा भेला हुँदा महिलालाई विश्वास नै गरिँदैन। भेलामा सहभागीले बडघर को बन्ने भनेपछि पुरुषकै नाम बोल्छन्।”

कैलालीको टीकापुर नगरपालिकामा विभिन्न गाउँमा ५७ बडघर छन्। त्यसमध्ये दुईजना मात्र महिला बडघर रहेको गत वर्षको तथ्याङ्क रहेको छ। यसरी हेर्दा महिलाको सङ्ख्या न्यून हुनुमा अवसर र सामाजिक सहभागितालाई लिने गरिन्छ।

गाउँघरमा पुरुषको तुलनामा महिला बढी बस्छन्। पुरुष रोजगारीका लागि अन्य जिल्ला वा देश बाहिर भए पनि गाउँको नेतृत्वमा महिलालाई पुग्न सकेका छैनन्। सामाजिक कार्यमा महिला अग्रसर भए पनि नेतृत्वमा महिला न्यून पुग्ने गरेका जानकी–८ का भागीराम चौधरीले बताए।

“महिलालाई अवसर मात्र नभई जिम्मेवार बनाउनका लागि भए पनि गाउँको खोज्नी बोज्नी भेलाले बडघर भल्मन्साजस्ता पदमा चुनेर उनीहरूलाई अवसर दिनुुपर्छ”, उनले भने “अहिले गाउँका सबै काममा महिला सहभागी नभएर सफल नै हुँदैनन्, नेतृत्व दिन किन कञ्जुस्याइँ गर्नेरु”

वर्षौदेखि प्रथाजनित थारू समुदायको सामाजिक संस्कार रहेकाले यसलाई कानुनी वैधता दिन स्थानीय पालिकाहरू लागिपरेका छन्। केही पालिकाले बडघर ऐन बनाएर काम गर्दै जाँदा अहिले थारूलगायत गैरथारू समुदायमा पनि बडघर, भल्मन्सा चयन प्रक्रिया चलिरहेका छन्। यसलाई व्यवस्थित बनाउन तथा नेतृत्व तहमा महिलाको सहभागिता बनाउन समावेशिताका कुरा ल्याउन जरुरी रहेको महिलाहरू बताउँछन्।

संवैधानिक व्यवस्थाको पालना गर्न बडघर, भल्मन्सा चयन प्रक्रियालाई व्यवस्थित तथा व्यवहारिक बनाउन ध्यान दिनुपर्ने जानकी गाउँपालिकाका उपाध्यक्ष लालमतीदेवी कठरियाको सुझाव छ।

“अब पालिकाभित्र चुनिएका बडघरमा निश्चित प्रतिशत महिला हुनुपर्छ”, उनले भनिन्, “महिलाले पनि भेलामा हामी बन्छौँ भन्नुपर्छ। दाबी गर्ने अधिकार महिलाको पनि उत्तिकै छ।”

 

  • बडघर भल्मन्सा
मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

समाचार

सबै

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.