धनगढी- राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मतदान गरेका छन् । उनले आज बिहान मतदान केन्द्र पुगेर मतदान गरेका हुन् । राष्ट्रियसभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । मतदान ३ बजेसम्म जारी रहनेछ ।
राष्ट्रियसभा सदस्य हरिराम चौधरी, इन्दु कडरिया र महेशकुमार महराको पदावधि आगामी फागुनमा सकिन लागेकाले रिक्त हुने पदका लागि निर्वाचन गर्न लागिएको हो ।
सुदूरपश्चिममा सत्ता गठन्धनको तर्फबाट नेपाली कांग्रेसबाट नारायणदत्त भट्ट (कैलाली), बलदेव बोहरा (कञ्चनपुर) र नेकपा (माओवादी केन्द्र) का रेणु चन्द (बैतडी) उम्मेदवार छन् ।
यसैगरी, नेकपा (एमाले) कैलालीका रामचन्द्र जोशी, सावित्रा घिमिरे र कञ्चनपुरका ईश्वरीप्रसाद खरेल चुनावी मैदानमा उत्रिउका छन् ।













