नरेन्द्र रावल/ अछाम- अछाममा जंगली जनावरका छालासहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको मंगलसेन नगरपालिका–१२ ठाँटीखादका अन्दाजी ३१ बर्षीय टंकबहादुर शाही रहेका छन् ।
शाही एकथान अबैध भरुवा बन्दुक,३ थान फलाम र सिसाको गोली , १० थान जंगली जनावरको सिङ, २ वटा रतुवाको टाउको ,८ थान छाला र खुर खुट्टा सहित पक्राउ परेको अछाम प्रहरीले जनाएको छ । जिल्लाको गैरीटाँडबाट गएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजेन्द्र साउदले जानकारी दिए । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।













