धनगढी- मोहना–अत्तरिया ६ लेन सडक खण्डको डस्टबिन तोडफोड गर्ने दुईवटा सवारीबाट जरिवाना असुल गरिएको छ। धनगढी उपमहानगरपालिले ६ लेन सडक खण्डको माया मेट्रो अस्पताल नजिक राखिएका दुईवटा फोहर राख्ने डस्टबिन तोडफोड गर्ने सवारीलाई जरिवाना गरिएको हो।
डस्टबिन तोडफोड गरेर भगाइएका गाडीलाई नगर प्रहरीले नियन्त्रणमा लिएर दुई डस्टबिन बराबरको १० हजार एक सय ७० रुपैयाँ जरिवाना भराएर ती सवारीसाधनलाई छोडिएको उपमहानगरपालिकाले जनाएको छ।
















