• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

टीकापुरमा सार्वजनिक शौचालय निर्माणमा स्थानीयको विरोध

  •   सोमबार, माघ १५, २०८० मा प्रकाशित

टीकापुर- टीकापुर नगरपालिकाले भानुचोकमा सार्वजनिक शौचालय निर्माण थालेपछि स्थानीयले विरोध जनाएका छन्। नगरपालिकाले लगभग जीर्ण अवस्थामा रहेको पुरानो सार्वजनिक शौचालय भत्काएर नयाँ निर्माण कार्य सुरु गरेपछि स्थानीयले विरोध जनाएका हुन। उनीहरुले पुरानोलाई मर्मत गर्नुको सट्टा नगरपालिकाले भत्काएर अर्को बनाउनु गलत भएको बताए।

विगत केही दिन अघि नै नगरपालिकाले सार्वजनिक शौचालय निर्माणको तयारी गरेको थियो। स्थानीयको विरोधका कारण निर्माणको काम अघि बढ्न सकेको थिएन। टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु आज शौचालय निर्माणको काम अघि बढाउन एक्स्काभेटर सहित भानुचोक पुगेका थिए। उनले त्यहाँ काम सुरु गर्न भनेपछि स्थानीयले चर्को विरोध गरे।

शौचालयको जग खन्न पुगेको एक्स्काभेटरलाई रोकेर स्थानीयले अवरोध सिर्जना गरेका थिए। केही समय मेयर र स्थानीयकाबीच विवाद भएको थियो। त्यहाँ बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीको उपस्थितिले स्थिति सामान्य रह्यो।

निर्माणाधीन सार्वजनिक शौचालयनजिकै घर भएका स्थानीय होमबहादुर तुलाचनले आफू शौचालय निर्माणको विपक्षमा नरहेको बताए। उनले नयाँ बन्ने शौचालय विगतको झैँ दुर्गन्धित अवस्थामा छोड्न नहुने बताए। ‘पुरानो शौचालय दुर्गन्धित भएर समस्या थियो’ उनले भने–‘अब बन्ने शौचालय व्यवस्थित होस्।’

उनले पुरानो शौचालयलाई मर्मत गरेर आवश्यकता अनुसार बजारको अन्य कुनै ठाउँमा नयाँ शौचालय बनाएको भए उत्तम हुने बताए। मेयर थारुले पुरानो शौचालय मर्मत गर्ने अवस्थामा नरहेकाले नयाँ बनाउनु परेको बताए। उनले नयाँ बन्ने शौचालय निकै व्यवस्थित हुने बताए। ‘यो क्यान्टिन सहितको शौचालय हो।

विगतका जस्तो अलपत्र अवस्थामा रहदैन’ उनले भने ‘नियमित एकजनाले शौचालयको रेखदेख गर्ने व्यवस्था हुन्छ।’ मेयर थारुले शौचालय निर्माणमा अवरोध गर्नेमा स्थानीय भन्दा धेरै बाह्य व्यक्तिहरु रहेको बताए। उनले शौचालय निर्माणको काममा अवरोध गरेर राजनीति गर्न खोजेको आरोप लगाए।

केही स्थानीयले विरोध गरेपनि आसपासका व्यापारीहरू भने शौचालय निर्माणको पक्षमा देखिएका छन्। उनीहरु मध्ये कतिपयले घरधनीले शौचालय प्रयोग गर्न नदिएका कारण पनि आफूहरु वर्षौँदेखि समस्या भोग्दै आएको गुनासो पोखे। ‘म दश वर्षदेखी व्यापार गर्दै आएको छु’ एक व्यापारीले भने ‘अहिलेसम्म घरधनीले शौचालय प्रयोग गर्न दिएको छैन।’

व्यापारीहरू शौचालयका लागि बैंक र होटलमा जान बाध्य छन्। उनीहरुले बैंक र होटलका शौचालयमा काम चलाए पनि उनीहरुका पसलमा आउने ग्राहकले झन् धेरै समस्या भोग्नु परेको छ। भानुचोक आम मानिसको चहलपहल हुने स्थान हो। त्यहाँ रहेको पुरानो शौचालय जीर्ण भएका कारण ग्राहकका रुपमा आएका आम मानिसले समस्या भोग्दै आएका थिए।

‘हामी आफै त घरधनीको शौचालय प्रयोग गर्न पाउँदैनौं’ अर्का एक व्यापारीले भने ‘ग्राहकलाई कसको शौचालयमा पठाउने रु यो हाम्रा लागि ठूलो समस्या हो।’ उनले व्यवस्थित सञ्चालन हुने गरेर सार्वजनिक शौचालय आवश्यक रहेको बताए। एसियाली विकास बैंकको आर्थिक सहयोगमा नगरपालिकाले सार्वजनिक शौचालय निर्माणको काम अघि बढाएको हो। सो शौचालय २० लाखको लागतमा निर्माण हुने बताइएको छ।

  • स्थानीयको विरोध
सोमबार, माघ १५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.