धनगढी- सुदूरपश्चिममा नेकपा माओवादी संसदीय दलको नेता फेरिएको जानकारीपत्र प्रदेश सरकारलाई दिइएको छ । प्रदेशसभा सचिवालय धनगढीले सोमवार माओवादी संसदीय नेता हेरफेरको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराएको हो ।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी संसदीय दलको नेता मानबहादुर धामी रहेको जानकारी गराएका हुन् ।
उनले माओवादी संसदीय दलका नेता खगराज भट्टलाई हटाइएर उक्त जिम्मेवारीमा धामीलाई चयन गरिएको मुख्यमन्त्री कार्यालयलाई जानकारी गराएका हुन् ।
गएको शुक्रवार माओवादी केन्द्रका बहुमत प्रदेशसभा सदस्यले भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउने निर्णय गरेका थिए । ११ जना प्रदेशसभा सदस्यमध्ये ६ जनाले सो निर्णय गरेका थिए ।














