• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

कञ्चनपुरमा खानेपानीको न्यूनतम मापदण्डबारे उपभोक्तालाई सचेत पारिँदै

  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित

कञ्चनपुर- खानेपानीको गुणस्तरबारे उपभोक्तालाई सचेत पार्नका लागि यहाँ सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले अभिमुखीकरण कार्यक्रमको आयोजना गरी उपभोक्तालाई राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड विसं २०७९ र खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिकाका प्रावधानबारे उपभोक्तालाई जानकारी गराउन थालेको हो ।

निर्देशनालयले दुई पालिका दोधारा चाँदनी र शुक्लाफाँटा नगरपालिकामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरी गुणस्तरीय पानीका न्यूनतम मापदण्डबारे जानकारी गराएको छ । अन्य पालिकामा पनि कार्यक्रमको आयोजना गरी खानेपानीको गुणस्तरबारे उपभोक्ता र पदाधिकारीलाई जानकारी गराउने कार्यक्रम रहेको निर्देशनालयका स्रोत व्यक्ति हेमराज जोशीले बताए ।

“खानेपानीको गुणस्तरबारे जलस्रोत ऐन, २०४९ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी खानेपानीको न्यूनतम मापदण्ड तोकेको छ”, जोशीले भने, “ऐनमा दुई सय २८ वटा मापदण्ड निर्धारण गरिएको भए पनि अनिवार्यरुपमा १९ मापदण्ड जाँच गरेरमात्र उपभोक्तालाई खानेपानी उपलब्ध गराउनुपर्ने हुन्छ ।” राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ मा सो कुरा प्रष्टसँग उल्लेख भएको उनको भनाइ छ ।

उनका अनुसार राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ को दफा १२ बमोजिम खानेपानी गुणस्तर निगरानीको जिम्मा सङ्घको हकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेशको हकमा प्रदेशको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयलाइ जिम्मेवारी दिने भनी स्पष्टरुपमा उल्लेख गरिएको छ ।

निर्देशिकाको यही अधिकार प्रयोग गरी सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालय र हरेक जिल्लामा स्वास्थ्य कार्यालयमा स्थापना गरिएका खानेपानी गुणस्तर प्रयोगशालाबाट विगत तीन वर्षयता निरन्तररुपमा खानेपानीको गुणस्तर जाँच हुँदै आइरहेको कार्यक्रम जोशीले राससलाई जानकारी दिए ।

“स्वास्थ्य निर्देशनालयसँगै स्वास्थ्य कार्यालयले खानेपानीमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने तत्वबारे जाँचको कार्य गर्दै आएका छन्”, उनले भने, “खानेपानी गुणस्तर जाँचका लागि स्थापना गरिएको प्रयोगशालाबाट पानीमा पाइने झाडापखाला गराउने किटाणु इ-कोलिसहित पानीको धमिलोपन, पानीमा रहेको क्लोरिन अवशेष, हाइड्रोजन विभाव, विद्युतीय सम्वाहकतासहित कूल पाँच वटा पारोमिटर निःशुल्करुपमा जाँच हुँदै आइरहेको छ ।”

जाँचका क्रममा विभिन्न स्थानको पानीको नमुना गर्दा झाडापखाला गराउने किटाणु इ-कोलि पाइएको उनले बताए । खानेपानीमा न्यूनतमरुपमा रहनुपर्ने क्लोरिन अवशेष नरहेको पाइएकाले दोधारा चाँदनी र शुक्लाफाँटा नगरपालिकाका खानेपानी उपभोक्ता समितिका पदाधिकारी, स्वास्थ्यकर्मी र सरोकारवाला निकायलाई अभिमुखीकरण कार्यक्रममार्फत सचेत गरिएको उनको भनाइ छ ।

शुक्लाफाँटाको वडा नं २ को निर्माणाधीन वैजनाथ खानेपानी आयोजनाका दुवै बोरिङको नमुना जाँच गर्दा झाडापखाला गराउने किटाणु इ(कोलि नभेटिए पनि न्यूनतमरुपमा रहनुपर्ने क्लोरिन अवशेष शून्यमात्रामा भेटिएको खानेपानी गुणस्तर प्रयोगशाला स्वास्थ्य कार्यालयका ल्याब असिस्टेन्ट लीलाधर जोशीले बताए ।

उहाँका अनुसार सोही नगरपालिकाको वडा नं ३ को आधारभूत स्वास्थ्य केन्द्रमा आपूर्ति भएको पानीको नमुना वडा नं २ को वडा कार्यालय भवन, वडा नं ३ को वडा कार्यालय भवन, वडा नं १ को वडा कार्यालय भवनलगायतको पानीको नमुना जाँच गर्दा क्लोरिन अवशेष शून्य दशमलव २ देखि शून्य दशमलव पाँच एमजीरएल हुनुपर्नेमा क्लोरिन अवशेष शून्य फेला परेको छ । खानेपानी आपूर्ति गर्ने उपभोक्ता समिति, स्वास्थ्यकर्मी र आमसरोकारवालाको पानीको गुणस्तर निगरानीसम्बन्धी क्षमता बढाउनका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । रासस

  • न्यूनतम मापदण्ड
मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.