• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

लागुऔषधको अखडा बन्दै सुदूरपश्चिम

  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश लागुऔषध कारोबारी तथा प्रयोगकर्ताका लागि मुख्य अखडा बन्न थालेको छ । लागुऔषध कारोबारीले कारागार र प्रयोगकर्ताका कारण सुधारगृह भरिन थालेका छन् ।

लागुऔषध कारोबार तथा सेवनमा बालबालिकादेखि वृद्धसम्म संलग्न रहेको पाइएको छ । लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार लागुऔषधका लागि काठमाडौँपछि कैलाली जिल्ला दोस्रो स्थानमा छ ।

विगत तीन वर्षको तथ्याङ्क हेर्दा कैलालीमा सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता र कारोबारी देखिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले लागुऔषध दुव्र्यसन चुनौतीपूर्ण समस्याका रूपमा फैलिएको जनाएको छ ।

चालु आर्थिक वर्षमा लागुऔषध मुद्दामा कैलालीबाट २३६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । १६३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । त्यस्तै छिमेकी जिल्ला कञ्चनपुरमा १४८ जना पक्राउ परेका छन् भने ८९ वटा मुद्दा दर्ता भएका छन् ।

यो आवको पुस मसान्तसम्म सुदूरपश्चिममा मात्र ४२४ जना पक्राउ गरी २७८ मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका अभियुक्तबाट ९१ किलो गाँजा, ६९ किलो चरेस, तीन हजार ७२५ मिलिग्राम हेरोइन बरामद गरिएको छ ।

आव २०७९र८० मा यस प्रदेशमा ८५६ जना पक्राउ र ५४० मुद्दा दर्ता भएका थिए । चार भारतीय नागरिकसमेत पक्राउ परेका थिए । भारतसँग सीमा जोडिएकाले अधिकांश लागुऔषध भारतबाट आयात हुने गरेको दाबी प्रहरीको छ ।

पक्राउ परेकाबाट ५० किलो गाँजा, १९ किलो चरेस, ४६२ मिलिग्राम हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कैलाली जिल्ला कारागारमा अन्य कैदीबन्दीको तुलनामा लागुऔषध मुद्दाका कैदीबन्दीको सङ्ख्या दोब्बर छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्ला कारागारमा २२३ जना लागुऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी छन् । लागुऔषध प्रयोगकर्ता युवा र किशोररकिशोरीको सङ्ख्या सबैभन्दा बढी छ ।

भारतसँगको खुला सीमा चुनौतीपूर्ण

लागुऔषधमा हेरोइन, कफसिरप, प्रिगाभा, डाइजेपाम, फोटिविन, पेनकिलर, नाइट्रोभ्याटलगायत सुईबाट प्रयोग हुने औषधीजन्य लागुऔषध अत्यधिक प्रयोग हुने गरेको जनाइएको छ । कतिपय लागुऔषध भारतीय बजारबाट सजिलै खरिद गरेर नेपाल ल्याउने गरिएको छ ।

नेपालमा पाँच हजार रुपियाँ मूल्य पर्ने ब्राउन सुगर (खैरो हेरोइन) भारतीय बजारमा दुई हजारमै पाइने गरेको छ । यसको प्रयोगकर्ता धेरै जसो १४ देखि २६ वर्ष उमेरका छन् । यसका सेवनकर्ताले धेरै जसो लागुऔषध भारतीय बजारमै गएर सेवन गर्ने र कतिपय लागुऔषध नेपालमै पाइने बताएका छन् । प्रहरीले जहिले पनि प्रयोगकर्ता तथा साना कारोबारीलाई मात्र पक्राउ गर्दा ठुला कारोबारी फस्टाउने गरेको प्रयोगकर्ता नै बताउछन् ।

प्रहरीका अनुसार भारतसँगको खुला सीमाका कारण कैलाली र कञ्चनपुरमा सहजै रूपमा लागुऔषध भित्रिने गरेको छ । स्थानीय बजारमा किनबेच गर्न नपाए भारतीय बजार पलिया गएर सहजै रूपमा खरिद तथा सेवन गर्ने गरेको पाइएको छ ।

कतिपय भारतीय नागरिकसमेत लागुऔषध कारोबार गर्न नेपालमै आउने गरेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले कञ्चनपुरमा एकाइ कार्यालय स्थापना गरे पनि त्यसको सक्रियता कम देखिएको छ ।

एकाइमा कार्यरत तीन प्रहरी कर्मचारीले नौ वटा जिल्लामा विस्तार हुँदै गएको लागुऔषध नियन्त्रण गर्न चुनौतीपूर्ण रहेको ब्युरो प्रवक्ता जोशीले बताए । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) रवीन्द्र केसी लागुऔषधसम्बन्धी मुद्दा र पक्राउ परेकाको तथ्याङ्क बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

  • लागुऔषधको अखडा
मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.