कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–१० मा चितुवा देखिएको छ। दोदापुलदेखि पश्चिम मसानघाट नजिक चितुवा देखिएको हो ।
चितुवा बिहिवार बिहान दोदापुल देखि पश्चिम मसानघाट नजिक देखिएकाले उखु खेतबारीमा खोजी गरिरहेको सव डिभिजन वन कार्यालय पचगडियाका प्रमुख दिनेश कुमार यादवले बताए ।
‘हामी कुण्डा सब डिभिजन वन कार्यालयका वन कर्मचारीहरू र ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको प्रहरी निरीक्षक हेमराज भट्टको टोलीसहित फिल्डमा खटिएका छौँ,’ उनले भने ।
उनले उखु खेतबारी जाँदा सतर्कता अपनाउन अनुरोध गरेका छन्। मङ्गलवार दिउँसो पचुइस्थित जगन्नाथ मन्दिर नजिक देखा परेको चितुवा उखुबारीमा पसेको थियो।













