धनगढी- धनगढीमा आरोमा कम्पनीको इलेक्ट्रोनिक स्कुटर चलाउँदा चलाउँदै आगलागी भएको छ । बुधवार साँझ सहिद गेटस्थित ६ लेन सडक खण्डमा उक्त स्कुटरमा अचानक आगलागी भएको हो ।
स्थानीय कृष्ण प्रसाद शर्माको सुपप्र ०१० ११ प ६६३१ नम्बरको इलेक्ट्रिक स्कुटर जलेको हो । उक्त स्कुटरमा लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ ।













