• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बाजुराको उत्पादन हुम्लामा निर्यात

  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित

बाजुरा- बाजुरामा उत्पादन गरिएका डोको, नाम्लोलगायतका सामग्री हुम्लामा निर्यात हुँदै आएका छन् । माथिल्लो हुम्ला सदरमुकाम सिमकोट आसपासका नागरिक हिउँदयाममा छिमेकी जिल्ला बाजुराका विभिन्न स्थानमा पुगी डोको खरिद गरेर यहाँ ल्याएर बिक्री गर्दछन्।

हिउँदको समयमा काम नहुने सबै फुर्सदिला हुने हुँदा घरखर्च चलाउन बाजुरामा उत्पादन भएका डोको ल्याएर सदरमुकाम आसपासका गाउँमा बिक्री गर्ने चलन रहेको छ । टाढाको दूरी तीन दिन लगाएर बाजुरामा पुगी त्यहाँबाट सडक नभएको ठाउँमा पिठ्युमा बोकी र यातायात आवतजावत गर्ने ठाउँमा गाडीको भाडा तिरेर सदरमुकाम ल्याउने गरेको सिमकोट गाउँपालिका–७ चौगनफया गाउँका रमेश शाहीले बताए ।

स्थानीय शाहीले भने, ‘बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कनेमा उत्पादन गरिएका डोको हुम्लामा बिक्री गर्न खरिद गरी ल्याएका छौँ, अहिले सदरमुकाम आसपासका गाउँमा लिएर बिक्री भइरहेको छ ।’ ढम्कनेबाट एक सय ५० डोको सिमकोट ल्याएको उनले बताए । सिमकोट पुर्याइएका डोको यता बिक्री नभए चीनको ताक्लाकोट लैजानेसमेत शाहीको भनाइ थियो ।

हुम्लाबाट डोका ताक्लोट पुर्याएपछि त्यहाँ बिक्री हुने शाहीले बताए । निगालोको चोयाबाट हातले उत्पादन गर्न सकिने परम्परागत डोकोको सिमकोटसम्म आइपुग्दा एक हजार आठ सयदेखि दुई हजारका दरले बिक्री भइरहेको शाहीले बताए। ढम्कनेमा छ सयदेखि आठ सयसम्म पर्ने गरेको भए पनि हुम्लाको सिमकोटसम्म आउँदा गाडीभाडालगायतका खर्चले गर्दा महँगो मूल्यमा बिक्री गर्नुपरेको उनले बताए।

जंगलमा पाइने निगालोको चोयाबाट उत्पादन हुने डोको एकदेखि चार किलोग्रामसम्म हुने गरेका छन् । डोको बुन्ने सीप भएकालाई बुन्न सजिलो हुने गरेको भए पनि जंगलमा गएर निगालो संकलन गर्न समय लाग्ने र दुःख हुने गरेको शाहीले बताएका छन् । सिमकोट बजारस्थित एयरपोर्ट चोकमा डोको बिक्री गर्दै गरेका शाहीले भने, ‘आजभोलिको समयमा निगालो ल्याउन पनि डिभिजन वन कार्यालयमा गएर पुर्जी काट्ने र त्यसपछि मात्र निकासी गर्न पाउने कारणले समस्यासँगै दुःख थपिएको छ ।’

विगत केही समयदेखि निगालोका डोका, डाला, छुन्का, सुप्पा, खार्या, छाप्री, पाथो, थुन्कोलगायतका सामग्री खरिद गरेर आफ्नो मूल्यमा बिक्री गरी गुजारा गर्दै आएको शाहीले बताए । बाजुराको बडिमालिका–७ स्थित ढम्कनेबाट बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, हुम्लाको ताँजकोट, अदानचुली गाउँपालिका हुँदै सर्केगाड गाउँपालिकाको गिउँसीसम्म गाडीमा र गिउसीदेखि खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका गाउँसम्म डुलाउँदै बिक्री गर्ने गरेको उनले बताए।

गाउँमा अन्य आम्दानीको स्रोत फेला नपारेका ३४ वर्षका शाही अहिले सोही पेसामा रमाउन थालेका छन् । उनले अहिले दिनभरि पिठ्युँमा डोकाको भारी लिएर गाउँ चहार्ने आफ्नो दैनिकीजस्तो बन्दै गएको बताए । गाउँमा जाँदा दिनमा चारदेखि सात जति डोको बिक्री गरेर रु १० देखि १५ हजारसम्मको आम्दानी हुने गरेको छ । उनका अनुसार खरिद र गाडीको ढुवानी जोड्दा फाइदा थोरै आउने गरेको छ ।

शाहीले आफैँले डोको बुनेर बेचे मनग्य फाइदा हुने बताए। आफ्नो गाउँको जंगलमा निगालो नहुने र आफूलाई डोको बुन्ने सीपसमेत नभएकाले अर्काले बुनेको डोको भए पनि त्यहीँ खरिद गरेर बिक्री गर्ने गरेको उनको भनाइ छ । आजभोलि बजारमा प्लाष्टिकका डोको, डालो आकारका सामग्री आएकाले पनि यसको व्यापार घट्दो क्रममा रहेको उनी बताउँछन्।

 

 

  • उत्पादन
बिहिबार, माघ १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.