धनगढी- राष्ट्रवादी चलचित्र काँडेतारको च्यारिटी शोमा हस्ताक्षर संकलन गरिएको छ । भारतको सीमा विस्तारवादलाई रोक्न नेपाली भूमिमा काँडेतार लगाउनु पर्ने भन्दै काँडेतार चलचित्रको टिमले धनगढीमा हस्ताक्षर संकलन गरेको हो ।
भारतले गरिरहेको नेपाली भूमि अतिक्रमण रोक्न सरकारलाई दबाब स्वरूप काँडेतार चलचित्रको च्यारिटी शोमा सहभागीहरू बाट हस्ताक्षर संकलन गरिएको नायक तथा निर्देशक नवल खड्काको भनाई छ । च्यारिटी शोको हस्ताक्षर संकलनमा धनगढीका नगर प्रमुख गोपाल हमालले समेत हस्ताक्षर गरेका छन् ।
राष्ट्रवादी तथा नेपाल९भारतको सीमा विवादमा आधारित चलचित्र काँडेतारको शनिवार धनगढीको एसटिएस सिनेमा हलमा च्यारिटी सो गरिएको थियो । च्यारिटी शोमा सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर, सन्तोषी थापा शर्मा, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, धनगढीका नगर प्रमुख गोपाल हमाल लगायतको सयौँ दर्शक रहेका थिए ।
हलबाट निस्कँदै गरेका केही दर्शकहरूले चलचित्र नभएर नेपालीहरूको वास्तविकता भएको भनाई थियो । चलचित्र काँडेतार आउँदो फागुन २५ गते देशभर प्रदर्शन हुदैछ । राष्ट्र र राष्ट्रियता भावना बोकेको काँडेतार चलचित्र फागुन २५ गते सबैले हेर्न नायक तथा निर्देशक खड्काले आग्रह गरेका छन् ।













