धनगढी- कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ का वडा सचिव भागिराम चौधरीको निधन भएको छ । उनको घोडाघोडी नगरपालिका–२ साडेपानिस्थित आफ्नै घरमा निधन भएको उनका भाइ हरी राम चौधरीले बताए ।
उनका अनुसार ५७ वर्षीय वडा सचिव भागिराम चौधरीको शुक्रवार राति करिब १२ बजे तिर निधन भएको हो। उनी लामो समय देखी क्यान्सर रोग बाट पीडित थिए । यसै बिच नगरपालिकाले विज्ञप्ति मार्फत कर्मचारीको निधन पछि शोक बिदा गरेको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले चौधरीको दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै अत्यावश्यक सेवा बाहेक नगरपालिका कार्यालय अन्तर्गतका वडा कार्यालयहरूमा भोली आइतबार शोक बिदा गरिएको बताइएको छ ।














