धनगढी- नेपाली कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले कार्यवहाक सभापतिको जिम्मेवारी जिल्ला उपसभापति खेमराज डंगौरा थारुलाई दिएका छन्। उनले माघ १९ गतेदेखि केही समय काम विशेषले जिल्ला बाहिर जानु पर्ने भएकाले कावा सभापतिको जिम्मेवारी चौधरीलाई दिएको बताएका छन्।
कांग्रेस विधान २०१७ (संशोधनसहित) को धारा १२ को उपधारा ८ को (ट) बमोजिम कार्यवहाक सभापतिको जिम्मेवारी दिइएको उनले विज्ञप्तिमार्फत जनाएका हुन्।














