धनगढी- कैलाली उद्योग वाणिज्य संघले नेपाली सेनाका सुदूरपश्चिम पृतनापति गणेश कुमार श्रेष्ठलाई स्वागत गरेको छ । संघले धनगढीमा आइतबार आफनै कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गर्दै पृतनापति श्रेष्ठलाई स्वागत गरेको हो ।
संघका अध्यक्ष पुष्पराज कुँवरले श्रेष्ठलाई स्वागत माला र खादाले स्वागत गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले सेना सँग उद्योग वाणिज्य संघ ले विगत देखि नै विभिन्न विपत तथा कल्याणकारी कार्य अन्य पर्यटन प्रवर्द्धन को कार्यमा सहकार्य गर्दै आएको बताए ।
उनले आगामी दिनमा पनि यस्तै सहकार्य को अपेक्षा गर्दै स्वागत गरिएको बताए । पृतनापति श्रेष्ठले पनि सेनाले सक्ने र कानुन ले मिल्ने कार्यमा सहकार्य र सहयोग गर्ने बताए। सो अवसर मा संघका कार्य समितिका सदस्य, पदाधिकारी, सल्लाहकारहरूको उपस्थिति रहेको थियो ।
















