धनगढी- कैलालीको कैलारी गाउँपालिका स्तरीय पाँचौ अध्यक्ष रनिङ कप २०८० खेलकुद प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । कैलारी यूथस यूनाईटेड क्लबको आयोजना तथा कैलारी गाउँपालिकाको मुख्य प्रवद्र्धकमा उक्त प्रतियोगिता भईरहेको छ ।
कैलारी–७ शंकर यूवा क्लव छोटी बसन्ताको खेल मैदानमा सुरु भएको खेलकुद प्रतियोगिता गाउँपालिका अध्यक्ष राजसमज चौधरी एक कार्यक्रमका उदघाटन गरेका थिए ।
उदघाटन कार्यक्रममा बोल्दै उहाँ खेलाडीले मुलुकलाई राष्ट्रिय अन्तर्राष्ट्रिय चिन्हाउने काम गरिरहेको बताए । एक थरिका यूवा लागु औषधको दुव्र्यशनीमा फसिरहेकोले यूवालाई खेलकुदमा व्यस्त राख्न सके कुलतबाट बचाउन सकिने बताए । गाउँपालिकाले खेलकुदमा बार्षिक लाखौ रकम खर्च गरिरहेकोले खेलाडीले लगानीअनुसार प्रतिफल देखाउन जरुरी रहेको बताए ।
गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी खेलाडीहरु आब खेलकुदसँग सँगै देशको विकास तर्फ ध्यान दिनु पर्ने बताए । खेलाडीहरुको लागि पालिकाले प्रत्येक बर्ष खेल सामाग्रीको व्यवस्था विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाउने बेला सहयोग गरेको बताए ।
कैलारी–३ का वडाध्यक्ष सन्तराम चौधरी लगानी अनुसार प्रतिफल आउन नसकेको बताए । उनले भने, ‘पालिकाले खेलकुदमा धेरै खर्च गरेको छ । तर सोचे जस्तो प्रतिफल नआउदा लगानी खेर गए जस्तो हुदैछ ।
नेपाली काँग्रेस कैलारी गाउँपालिका सभापति कृष्ण प्रसाद चौधरी अनुसाशन पूर्वक खेलकुद सम्पन्न गर्न आग्रह गरे । उहाँले भने, पालिकास्तरीय अध्यक्ष कप खेलाडीको टिम छनौटको लागि हो । यसमा राम्रोसंँग खेलकुद प्रर्दशन गर्न सके विभिन्न ठाउँमा अवसर मिल्ने मौका आउछ ।
कैलारी यूथस यूनाईटेड क्लबका अध्यक्ष बनसराम चौधरीको अध्यक्षतामा भएको खेलकुद उदघाटन कार्यक्रममा स्वागत मन्तव्य राम स्वरुप चौधरी र संचालन मञ्जु चौधरीले गरेकी थिइन ।
उदघाटन कार्यक्रममा नौ वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, विभिन्न राजनितिक दलका प्रतिनिधि, यूवा क्लव, भल्मन्सालगायत खेलाडीहरुको सहभागिता रहेको थियो ।
















