धनगढी ।नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आउने अधिबेशनमा माथिल्लो पदमा दाबी गर्ने बताएकी छन ।
समाजवादी प्रेस संगठन कैलालीको आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएकी हुन ।
समाजवादी पार्टीको अधिवेशन नजिकिएसंगै देश दौडाहमा रहेकी झाँक्रीले सचिव पदमा बस्दा गाह्रो भएको बताउँदै उनले भनिन आउने अधिबेशनमा ठुलो पदमा दाबी गर्ने बताईन् । सचिव भएर त गाह्रो भएको छ । तैपनि ठुलो पदमा जान मन छ उनले भनिन ।
दलहरूले चुनावमा जनतालाई झुठा आश्वासन दिन बन्द गर्नुपर्ने बताएकी छिन ।
निकुञ्ज, वन, कारागार लगायतका संकटग्रस्त छन । त्यस्ता ठाउँमा आधारभुत सुविधा दिन मिल्दैन उनले भनिन तर, चुनावका बेला सबै सुविधा दिन्छु भनेर भोट माग्छन् । नेताले त्यो गर्नु गलत हो ।













