• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

उपभोक्ताका लागि चामलमा पोषक तत्व मिसाइँदै

  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित

टीकापुुर- चामलमा पाइने पोषक तत्व कम हुन थालेपछि चामलमा पोषक तत्व मिसाउन थालिएको छ । पछिल्लो समय उपभोक्ताको चाहाना सेतो चामल भएकाले कारखानामै चामललाई पटक–पटक ताछेर (पालिस गरेर) सेतो बनाउन थालिएको हो ।

यसरी ताछदा चामलको बाहिरी भागमा रहने पोषक तत्व नासिरहेको छ । कारखानामा कुटेको धानको चामलमा रहेको पोषक तत्व ताछिएर जाने र कार्बोहाइड्रेड मात्र बच्ने गर्छ ।

तराईका उपभोक्ताले धेरै बस्तु उपभोग गर्दा भिटामिन, खनिज प्राप्त हुने भए पनि एकैखालको खाना खाने हिमाली क्षेत्रका महिला, बालबालिकालाई पोषण नै नपुग्ने हुँदा कर्णाली प्रदेशका जिल्लामा आपूर्ति गरिने चामलमा पोषक तत्व मिसाउन लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत सुमन लामिछानेले बताए ।

कर्णाली प्रदेशका हिमाली जिल्लाका लागि पठाइने चामलमा नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था कम्पनी लिमिटेडले मुख्य शाखा कार्यालय राजापुरस्थित आफ्रनै मिलमा चामलमा भिटामिन, खनिज, फोलिक एसिडको मिश्रणबाट तयार पारिएको चामलको आकारका कर्नेलहरु (एफआरके) मिसाइरहेको छ ।

कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालिकोटका लागि दुई वर्षसम्म ७२ हजार टन चामलमा एफआरके मिसाउन सुरु गरिएको छ, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको राजापुर कार्यालयका सूचना अधिकारी चेतमान कठायतले भने, “एफआरके सबैतिरका उपभोक्तालाई चाहिएको छ, तर पहिलो चरणमा विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा कर्णाली प्रदेशका जिल्लाहरुमा पठाउन थालिएको हो ।”

नून र चामलमा झण्डै सय वर्ष अघिदेखि आवश्यक मात्रामा पोषक तत्व मिलाउने गरिएको छ । नेपालमा यसअघि आयोडिन मिसाइएको नून प्रयोगमा आए पनि चामलमा भने पहिलो पटक हो । खाद्य अनुसन्धान अधिकृत सुमन लामिछानेले भने, “चामल आकारकै भए पनि एफआरकेहरुको रङ फरक देखिन सक्छ, भारतबाट आयातित चामलमा एफआरके मिसाएको भेटिएको छ ।’

उपभोक्ताको रोजाइ सेतो चामल

अहिले बजारमा मसिना र सेता चामलको माग धेरै छ । विज्ञहरु भने धान मोटो मसिनो वनखैरो सेतो रङले फरक नपर्ने तर धान उत्पादन, भण्डारण, ढुवानीका बेला पोषण तत्व खेर गइसकेको वा धान कुटने बेला चामल धेरै ताछ्दा पौष्टिक तत्व खेर गएर गुणस्तरमा ह्रास भएको छकि भनेर ख्याल गर्नुपर्ने बताए ।

मानव स्वास्थ्यका लागि धानलाई उसिनेर कुटेको (उसिना) र धानको बाहिरी पत्र मात्रै हटाएको ९खैरो० चामल लाभदायक छ । धानलाई उसिनेर कुट्दा चामलको पोषक तत्व एकातिर र बोक्रा अर्कातिर जान्छ र पोषण चामलमा रहन्छ । यस्तै, धानलाई कुट्दा बोक्रा मात्र छोडाउने हो भने पोषण चामलमै रहन्छ । तर पालिस गर्दा भने चामलको बाहिरी भागमा रहेको भिटामिन र तेल ९स्टार्च० ताछिएर जान्छ र चामलको गुणस्तरमा ह्रास आउँछ ।

केही वर्षअघि टीकापुरमा उत्पादन गरेको उसिना चामल विदेश पठाएको हो, टीकापुरस्थित मौरनियाँ मोडर्न राइस मिलका सञ्चालक नारायण गोयलले भने, “पोषणयुक्त उसिना चामलमाभन्दा मसिना र सेतोमा आकर्षण बढेपछि उसिना चामल उत्पादन बन्द गरेका छौं ।” गोरखापत्रबाट

  • पोषक तत्व
बुधबार, माघ २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.