• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

शिव शिखरले ठगेको वर्ष दिन पुरा, न्याय अझै अलपत्र

  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित

डडेल्धुरा- सहकारीमा बचतकर्ताको ठुलो रकम हिनामिना भएको एक वर्ष बितिसक्दा पनि पिडितले अझै न्याय पाएका छैनन् । आफूले बचत गरेको रकम संकटमा परे पछि आशै आशमा तिन पटक फारम भरे तर पैसा फिर्ता हुने कुरा अन्योल र अनिश्चित बन्दै गए पछि डडेल्धुराका शिव शिखर पिडितहरु आक्रोसित बन्दै गएका छन ।

डडेल्धुरामा २०७१ देखि सञ्चालनमा आएको शिव शिखर सहकारी नामक सहकारी संस्था विवादमा आउँदा जोखिममा रहेको रकम फिर्ताका लागि छ हजार बढि निक्षेपकर्ता पिडित भएका हुन् ।

गत माघमा संस्थाका अध्यक्ष केदार शर्माले बचतकर्ताको आवश्यक खर्च रकम भुक्तानी नदिएको भन्दै आन्दोलित भए पछि देशभरि सहकारकिा ४७ जना बिरुद्ध उजुरी परेको छ तर राज्यले अहिले सम्म समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन बाहेक न्याय दिने विश्वसनिय आधार निर्माण नभएको भन्दै डडेल्धुराका पिडितहरु आन्दोलित भएको शिव शिखर सहकारी पिडित संघर्ष समिति सुदूरपश्चिम प्रदेश संयोजक सुभाष भट्टले बताए ।

शिव शिखरले महत्वाकांक्षी आकर्षण देखाएर डडेलधुराबासीलाई ठगेको भट्टले बताए । आम जनताले दुध दहि बेचेको दाउरा बेचेको देखि बजारमा बिभिन्न व्यापार व्यवसाय गरेर जिविकोपार्जन गरिरहेका जनतालाई प्रताडित गराउँदा पनि राज्य जिम्मेवपार नभएको प्रति गुनासो गर्दै आफ्नो बचत फिर्ताका लागि सडकमा उत्रिनुको बिकल्प नभएको भन्दै सरकारले पिडित जनतालाई विश्वस्त तुल्याउन पीडितहरुले आग्रह गरेका छन् ।

सहकारी संस्थाले डडेल्धुरामा बचतको अभियानलाई गाउँगाउँसम्म बिस्तार गर्दै करिब ४० करोड रकम संकलन गरेको र लगानीको नाममा उपकार ब्राण्डको उत्पादन भण्डारणका लागि जग्गा तथा भवन खरिद र गार्डेनमार्ट संचालन बाहेक न्यून मात्रामा गरि बाँकी रकम अन्यत्र खर्च गरेकोले सहकारी धरासायी भएको बचतकर्ताको भनाई छ ।

शिव शिखर सहकारी संस्थाका पिडित बचतकर्ताहरुको एउटै पिडा छ हाम्रो बचत कहिले फिर्ता हुन्छ सरकार रु तिन पटक माग दाबी सम्बन्धी कागजातहरु पेश गरियो तर मिल्ने नमिल्नेको ठेगान निश्चित छैन, पिडित दिपकराज पनेरुले भने । आफुले खाई नखाई गरेर बालबच्चाको भबिश्य हेरेर सहकारीमा पैशा जम्मा गरेको तर अहिले नत सहकारी नै छ नत पैसा नै फिर्ता हुने निश्चिय भएको छ कसरी मन बुझाउने भन्दै आफु तनाबमा रहेको पीडित सुदिप जैरुले गुनासो गरे ।

२०७९ माग १७ गतेबाट बचतकर्ताहरुको पैसा फिर्ता गर्न नसकेर शिव शिखर सहकारीमा तालाबन्दी छ । कर्मचारी भेटिदैनन । तिन पटक जिल्ला प्रहरी कार्यालय डडेल्धुरा मार्फत आफ्ना कागजात पेश गरेर निवेदन बुझाएको, सरकारले जनताको बचत अनियमितता भएको विषयलाई साधारण रुपले लिँदा अहिले समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले अनलाईन माग दाबी सुचना आह्वान गरेको शिव शिखर सहकारी संस्था पीडित संघर्ष समिति डडेल्धुराका संयोजक मान बहादुर साउँदको भनाई छ ।

पीडितहरु फाराम त भर्दैछन तर अघिल्ला पटक जस्तै हुने हो कि भन्ने त्रास र शंका त्यत्तिकै रहेको छ तै पनि बचत फिर्ता पाउनेमा आशा पलाएको तर बिश्वास गर्ने बातावरण अझै नबनेको साउँदको भनाई छ । उनका अनुसार शिव शिखर सहकारीले बचत रकम हिनामिना गरि ठगी गरेको छ । यथाशिघ्र कानुनी कारबाही मार्फत रकम फिर्ताका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा किटानी जाहेरी दिएको पनि एक बर्ष भयो तर सुनुवाई नभएकोमा राज्य प्रति पीडितहरुले गुनासो गरेका छन् ।

शिव शिखर सहकारीले डडेल्धुरामा मात्रै ४० करोड रुपैया निक्षेप संकलन गरेको थियो भने सुदुरपश्चिमको डोटी, कैलाली र कञ्जनपुर गरि झण्डै दुई अरब र देशका अन्य स्थामनमा ९ अर्ब भन्दा बढी रुपैया संकलन गरेर बचतकर्ताहरुलाई बिचल्ली बनाएको छ । भक्तपुरमा केन्द्रीय कार्यालय संचालन गरि देशका २१ जिल्लामा शाखा कार्यालय र ३९ वटा ठाँउमा शाखा बिस्तार गरेर सहकारी, मार्ट र एग्रो संचालन गरेर झण्डै ११ अरब रुपैया सकंलन गरेको भन्दै शिव शिखरका नाममा उजुरी परेको छ । देशभर आन्दोलित अबस्थामा रहेका शिव शिखर सहकारीका बचतकर्ताहरुको संर्घष समितिले तत्काल रकम फिर्ता गर्नका लागि सरकारलाई दबाब दिईरहेका छन् ।

बचतकर्ताहरुको संर्घष समितिका केन्द्रीय संयोजक लोकेन्द्र लम्सालले प्रधानमन्त्री देखि भुमी सुधार मन्त्री र सहकारी विभागसम्मको ध्यानाकर्षण गराएको बताए । सुनुवाई नभए देशभर एकैसाथ आन्दोलनमा उत्रिने बातावरण सिर्जना भईरहेको उनको भनाइ छ ।

‘बचतकर्ताहरुलाई अनलाईन माफर्त आफ्नो माग दाबी गर्न समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले सुचना आह्वान गरेको छ हामीहरु त्यसैमा केन्द्रीत छौं र बचतकर्ताहरुलाई फाराम भराउन लागी रहेका छौं त्यसपछि सरकारले यथासिघ्र प्रक्रियामा गएर बचतकर्ताको रकम फिर्ता गराउन पहल गर्नुपर्छ भनेका छौं तत्पश्चात पनि समस्या समाधान नभए सडक संघर्षको बिकल्प छैन,’ डडेलधुराका संयोजक साउँदले भने ।

डडेल्धुरा जिल्लामा मात्रै ६ हजार भन्दा बढी बचतकर्ताहरुको रकम जोखिममा रहेको छ । सहकारीले एक बर्ष देखि आफ्ना कार्यालयहरु बन्द गर्दे आर्थिक समस्या आएको भन्दै बचत फिर्ता गर्न नसकेपछि बचतकर्ताहरु निकै तनाबमा रहेका छन ।

जिल्ला प्रहरी कार्यालय देखि समस्याग्रस्त सहकारी ब्यबस्थापन समिति सम्म चार पटक फारमसहितका कागजात पेश गरेके तर कहि कतैबाट आफ्नो बचत फिर्ताको सुरसार नभएकोले कसरी फिर्ता हुने हो भन्दै अहिले दिनहुँ बिभिन्न निकाय धाउन थालेको र दिनदिनै कागजात मात्र बुझाउने झन्झटले बचतकर्ता हैरान हुन थालेको डडेल्धुराका पिडित धर्म ऐरले बताए ।

विवादमा आए पछि सहकारकिा प्रतिनिधि र बचतकर्ताको जिल्ला प्रशासन कार्यालय डडेलधुरामा बचत फिर्ता सम्बन्धि ७ बुँदामा भएको त्रिपक्षिय सम्झौता पनि कार्यान्वयन नहुँदा पिडित झन पिडित भएका छन । ऐर जस्तै अधिकाँस बचतकर्ताहरु आफ्नो बचत रकम फिर्ताका लागि बिभिन्न निकाय धाईरहेका छन तर सरकार जनताको अभिभावक बन्न नसक्दा आफुहरुले झन पीडा खेप्न परिरहेको पीडितहरुको दुखेसो छ ।

 

  • ठगेको वर्ष दिन
बुधबार, माघ २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.