• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

सडक नहुँदा पिठ्यूँमै सामान बोक्दै चुरेका बासिन्दा

  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित

कञ्चनपुर- डडेलधुराको पर्शुराम नगरपालिका(११ सुवाखानका धनबहादुर विष्ट पिठ्यूँमा सामानको भारी बोक्दै तीन दिन लगाएर कञ्चनपुरको झलारी बजारबाट घर आइपुग्छन् । घरमा विष्टले किरानाको पसल सञ्चालन गरेका छन् । दुई दशकदेखि उहाँले चुरे क्षेत्रमा रहेको बस्तीबाट पैदल हिँडेर सामान खरिद गर्नका लागि झलारी बजार आउँजाउँ गर्दै आउनुभएको छ ।

बस्तीसम्म पुग्ने सडक नहुँदा गोरेटो बाटोमा पैदल हिँड्दै उनले सामान बोक्नुपर्ने बाध्यता छ । “एक दिन सामान खरिद गर्नका लागि झलारी बजार पुग्छौँ”, विष्टले भने, “दोस्रो दिन पिठ्यूँमा भारी बोक्दै धारापानी क्षेत्रमा बास बस्नुपर्छ । तेस्रो दिन साँझ अबेर सामानको भारी बोकेर घर पुग्छौँ ।” कहिले आफैँ भारी बोक्ने गरेको उल्लेख गर्दै उहाँले सामान बढी लैजानु पर्ने भए भरियाको व्यवस्था गरी सामान ढुवानी गर्दै आएको बताए ।

“एक जना भरियाले नुन, तेल, चामल, चिनीलगायतको सामान २५ किलोदेखि ३० किलोसम्म बोक्न सक्छन्”, विष्टले भने, “ठाडो उकालो असहज बाटो हुँदा थोरै सामान बोक्ने गर्दछन् । सामान बोकेबापत प्रतिकिलो २० का दरले ज्याला दिनुपर्छ । बास बस्दा लाग्ने खर्चसँगै खानाको व्यवस्था ढुवानी गराउनेले तिर्नुपर्दछ ।” ढुवानीको रकम सामानमा जोडेर स्थानीय बासिन्दालाई महँगोमा बेच्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

पिठ्यूँमा भारी बोक्दै पैदल हिँड्ने क्रम वर्षौँदेखि चल्दै आएको विष्टले बताउनुभयो । उहाँका अनुसार हाल झलारी बजारदेखि धारापानीसम्म सडकको सहजताले सामान ढुवानीसँगै यात्रा गर्न सहज भएको भएपनि धारापानीबाट उत्तरतर्फ पहाड क्षेत्रमा सडक नहुँदा स्थानीय बासिन्दाले पैदल नै गन्तव्य तय गर्नुपर्ने बाध्यता छ । विष्टजस्तै बारेगडा, एक्ले गडा, दोबाटो, फल्ले खर्क, असलाडी, जडेखोला, सिमलवण्ड, सल्येगडी, गैरीपातललगायतका बासिन्दाले सडक नहुँदा हैरानी खेप्दै आएका छन् ।

गाउँमा बिरामी भए डोको, स्ट्रेचरमा राखेर झलारीलगायत बजार पुराउनुपर्ने अवस्था रहेको प्रताप विष्टले बताए । “सुत्केरीलाई पनि बोकेरै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बर्थिङ सेन्टरमा ल्याउनुपर्छ”, उनले भने, “ज्यान जाने डर हुन्छ, बिरामीलाई अस्पताल पुर्‍याउन नपाउँदै ज्यान गएका पनि छन् ।” गत वर्ष मात्रै बाढी आएको धारापानी खोलामा तर्ने क्रममा एक जना बालकले ज्यान गुमाउनु परेको प्रतापले उल्लेख गरे ।

“खाद्यान्न, नुन, तेल, चिनी, लुगाकपडालगायत ल्याउनका लागि यहीँ बाटोको प्रयोग गर्नुपर्छ”, राजन खत्रीले भने, “वर्षातका बेला धारापानीलगायतका खोलामा पानीको बहाव उच्च हुन्छ । बाढी आएको खोला तर्नुपर्ने बाध्यता हुन्छ । कुन बेला खोलामा चिप्लिएर बग्ने हो पत्तो नै हुँदैन, वर्षौँदेखि ज्यान हत्केलामा राखेर यात्रा गर्दै आएका छौँ ।”

चुरे पर्वतमा हिँड्दै आएका परम्परागत बाटा पहिरोका कारण अवरुद्ध हुँदा घाँसका बोट समातेर भिरपाखामा हिँड्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो । “चुनावका बेला मात्रै गाउँगाउँमा सडक बनाउने आश्वासन बाँडिने गरेका छन्”, स्थानीय खत्रीले भन्नुभयो, “सडक बन्छ भन्ने आसमा मतदानमा सहभागी हुन्छौँ । चुनाव जितेर गएका बस्तीमा त्यसपछि अनुहार नै देखाउँदैनन् ।”

“बुबाबाजेले पिठ्यूँमै सामान बोकेर पाल्ने गरेका थिए”, अमरबहादुर विष्टले भने, “हामीले पनि अहिलेको अवस्थामा पनि पिठ्यूँमै सामान बोकिरहेका छौँ । सडक निर्माणका लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरे पनि अहिलेसम्म आश्वासनबाहेक विकास आउन सकेको छैन ।” यहाँको चुरे क्षेत्रमा बसोबास गर्ने गाउँका बासिन्दाले सहज सडक, खोलामा पुल, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थाको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । रासस

 

  • पिठ्यूँमै सामान
बुधबार, माघ २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.