• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

ठेकेदारको लापरबाहीले चौकीडाँडा–फल्टुडे सडक निर्माणको काम सुस्त

  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित

कैलाली – बनेको सडकको अढाई किलोमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौताको तीन पटक म्याद थपिसक्दा पनि काम भने ३५ प्रतिशत मात्र भएको छ । निर्माण कम्पनीले लगातार काम नगर्दा सडक किनारमा बनाइएको नालीसमेत अहिले टुटफुट भएर भताभुङ्ग अवस्थामा छ ।

यो कुरो हो सुदूरपश्चिम प्रदेश गौरवकै आयोजनाको रूपमा अगाडि बढेको कैलालीको चौकीडाँडा–फल्टुडे सडक जिरो पाइन्टदेखि मालाखेती सेतो पुलसम्म कालोपत्रे गर्न कालिका कन्स्ट्रक्सनले लिएको निर्माण ठेक्का, एडिबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालयमार्फत गोदावरीमा निर्माण गरिने ६ वटा सडकमा सो चौकीडाँडा–फल्टुडे सडकको जिरो पाइन्ट खण्ड निर्माणका लागि तीन पटक म्याद थपिसकिएको छ ।

सम्झौतामा एक वर्षभित्रै काम सम्पन्न गर्नेगरी २०७७ साउन २० गते ठेक्का लगाइएको थियो । सो सडक अगाडि बढाउने क्रममा मालाखेती सेतो पुलदेखि प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय धनगढीले २०७७ भदौ १८ गते एडभेन्चर, थेगिङ, सनलाइट जेभीसँग अर्को ठेक्का सम्झौता गरेको थियो ।

गोदावरी नगरपालिका –१० को कार्यालयसम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरिए पनि सो सडक पनि लथालिङ्ग छ । पाँच करोड ८४ लाखमा ठेक्का सम्झौता भएको सो सडक निर्माणका लागि पटक–पटक म्याद थप्दा पनि ठेकेदारले हालसम्म नाली निर्माणको काम पनि पूरा गर्न नसकेको स्थानीयको भनाइ छ ।

यी दुई योजना लथालिङ्ग हुँदै गर्दा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले थप सडक कालोपत्रे गर्न वडा १० को कार्यालयदेखि बान्द्रेखालसम्म ३ किलोमिटर कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको छ । २०७९ चैत १८ गते भएको सम्झौता अनुसार उक्त सडक १८ महिनाभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भए पनि सो सडक पनि निर्माण अवधिमा सकिने छाँटछाँट छैन ।

उक्त सडक निर्माणका लागि तेडी निर्माण सेवासँग पाँच करोड ७६ लाख भ्याट बाहेक ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका सञ्चालक दिलबहादुर ओलीले जेठसम्म कालोपत्रे सक्ने दाबी गर्नुभएको छ । यद्यपि, हाल सडकको ४० प्रतिशत पनि काम सकिएको छैन ।

चौकीडाँडा–फल्टुडे सडकमा यी तीनवटा योजनाले गति लिन नसक्दा हाल सङ्घीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरबाट थप ८ सय मिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेर काम अगाडि बढाइसकेको छ । बान्द्रेखालदेखि गौडीसम्मको सडकखण्डको यो काम भने सन्तोषजनक रहेको स्थानीय १२ नम्बर वडाका अध्यक्ष भीमबहादुर खड्काले बताए ।

उनले जिरो पाइन्टदेखि बान्द्रखालसम्मका तीन योजना भने लथालिङ्ग रहेको भए पनि बान्द्रेखालदेखि गौडीसम्मको सडकको काम भने सन्तोषजनक रहेको बताए । गोदावरी नगरपालिका ११ नम्बरका वडाध्यक्ष प्रेमसिंह बडैलाले पनि निर्माण कार्य अलपत्र छाडेर ठेकेदार बेपत्ता भएको बताए ।

सडक नबन्दा ओलानी क्षेत्रका जनताले सास्ती खेप्नुपरेको गुनासो गर्दै उनले भने– ‘यस क्षेत्रमा नेता नभएर होकि हामीलाई हेपेर हो । आएका योजना पनि वर्षौँसम्म अलपत्र छन् ।’ उनले थप्नुभयो ‘यहाँ ठेकेदारको चरम लापरबाहीका कारण समस्या भएको छ ।’ भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर जनक रोकायाले सडक निर्माणको काम सुस्त भएको बताए । उनले पनि ठेकेदारलाई काममा तीव्रता दिन घचघच्याइने काम भइरहेको बताए । गोरखापत्रबाट

  • काम सुस्त
बुधबार, माघ २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.