• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भल्मन्सा प्रथा संरक्षणमा जुट्दै स्थानीय तह

  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित

धनगढी- विकासे कार्यक्रमको सहयोगी बनेको भल्मन्सा प्रथा संरक्षणमा स्थानीय तह जुट्न थालेका छन् । केही स्थानीय तहले सो प्रथा संरक्षणका लागि ऐन नै बनाएका छन् भने केहीले नीति तथा कार्यक्रम मार्फत् भल्मन्सा प्रथालाई सम्बोधन गर्ने गरेका छन् ।

कैलालीको कैलारी गाउँपालिकाले ‘भल्मन्सा प्रणाली संरक्षण तथा विकास ऐन २०७८’ र जोशीपुर गाउँपालिकाले ‘थारू भल्मन्सा (बरघर) प्रणाली संरक्षण, प्रबद्र्धन र विकास ऐन २०७८’ पारित गरी लागु गरेको छन् । ति स्थानीय तहहरुले भल्मन्साहरुलाई बजेट निर्माणमा प्रक्रियामा समेत सहभागी गराउनुका साथै उनीहरुलाई गाउँको सेवा गरेवाफत् यातायात, सञ्चार लगायतका सुविधा समेत दिन थालेका छन् ।

कैलारी गाउँपालिकाले प्रत्येक भल्मन्साहरुलाई मासिक रुपमा सञ्चार खर्च उपलब्ध गराउँदै आएको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए । यसका साथै भल्मन्साहरुलाई विभिन्न तालीमहरु समेत दिंदै आएको छ । गाउँपालिकाले भल्मन्सा प्रणालीलाई दस्तावेजीकरण गर्न समेत सहयोग गरेको छ ।

जोशीपुर गाउँपालिकाले चालुआर्थिक वर्षमा भल्मन्सा प्रणालीको लागि छुट्टै कार्यक्रम र बजेट विनियोजन नगरेको अध्यक्ष चित्रबहादुर चौधरीले बताए । उनले आगामी आर्थिक वर्षमा छुट्टै कार्यक्रम र बजेट विनियोजन गर्ने र सो कार्यक्रम सञ्चालनको जिम्मेवारी समेत भल्मन्साहरुलाई नै दिने बताए । उनले ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन नगर्ने विषयमा भल्मन्साहरुसंगै छलफल भइरहेको बताए ।

धनगढी उपमहानगरपालिकाको वडा कार्यालयहरुले समेत भल्मन्सा प्रथा संरक्षणका लागि विभिन्न योजनाहरु ल्याउने गरेका छन् । वडा नं. ६ का वडाध्यक्ष भागीराम चौधरीले गतवर्ष वडाका सबै गाउँका भल्मन्साहरुलाई साइकल वितरण गरिएको बताए । धनगढीको १६ नम्बर वडा कार्यालयले समेत वडाका सबै गाउँका भल्मन्साहरुलाई साइकल वितरण गरेको छ । वडा नं. १६ का वडा सदस्य समेत रहेका भादा गाउँका भल्मन्सा सन्तराम चौधरीले भल्मन्सा प्रथा संरक्षणको लागि उपमहानगरपालिकाले ऐन नै बनाएको नभएपनि नीति तथा कार्यक्रम मार्फत् भल्मन्सा प्रथालाई सम्बोधन गर्ने गरेको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले समेत भल्मन्सा प्रथा संरक्षणका लागि चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ विनियोजन गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले यसै आर्थिक वर्षमा सो बजेटबाट ऐन बनाउनुका साथै भल्मन्साहरुका लागि कार्यक्रम सञ्चालन गरिने बताए ।

भल्मन्सा/बरघर महासंघको कैलाली जिल्ला महासचिव समेत रहेका भल्मन्सा चौधरीले विगतको तुलनामा भल्मन्सा प्रथा परस्कृत हुँदै गएको बताए । ‘विगतको निर्णयहरु मौखिक हुन्थ्यो,’ उनले भने, ‘अहिले माइनुट लेखेर निर्णय हुन्छ । बैठकमा सहभागी सबै किसानको हस्ताक्षर हुन्छ । पहिले भल्मन्साको आदेशमा भल्मन्सा प्रणाली चल्थ्यो भने अहिले गाउँका सबैको सल्लाहमा निर्णय हुन्छ र सोही अनुसार चल्छ ।’

विगतमा गाउँघरमा हुने घटनाका भल्मन्साहरुले गाउँघरमै मिलाउने गरेका थिए । पछिल्लो समयमा मुलुकको ऐन, कानुनलाई आधार मानेर गाउँघरमा मिलाउने मिल्ने सामान्य प्रकृतिका मुद्दा गाउँमै मिलाउने गरेको महासचिव चौधरीले बताए । ‘मेलमिलाप केन्द्र पठाउनु पर्ने मेलमिलाप केन्द्र पठाउने, स्थानीय न्यायिक समितिमा पठाउनुपर्ने स्थानीय न्यायिक समितिमा र प्रहरीलाई जिम्मा लगाउनुपर्ने घटना प्रहरीको जिम्मामा पठाउने गरेका छौं,’ उनले भने, ‘पछिल्लो समयमा स्थानीय तहहरुले भल्मन्सालाई ऐन कानुन सम्बन्धी तालीम दिएका छन् । यसले भल्मन्साहरुलाई गाउँघरमा काम गर्न सजिलो भएको छ ।’

भल्मन्साहरुको जिम्मेवारी समेत विगतको तुलनामा फेरिएको छ । विगतमा गाउँघरको पुजापाठ, गाउँका परिवारको विवाह र कृषिको कामका लागि खबर गर्ने र झगडा तथा घटना मिलाउने जिम्मेवारी हुन्थ्यो भने पछिल्लो समयमा सरकारले चलाउने खोप कार्यक्रम, बैठक, तालीम, सरकारी कार्यक्रमको सूचना प्रवाह लगायतका जिम्मेवारी पनि भल्मन्साहरु निर्वाह गरिरहेका छन् । गोदावरी नरगपालिका वडा नं. ८ जोनापुरकी भल्मन्सा सीता चौधरीले वडा कार्यालयबाट सूचनाहरु गाउँमा जानकारी गराइदिन हप्तै पिच्छे फोन आउने गरेको बताइन् । वडा कार्यालयको सूचनाको सम्बाहकको रुपमा भल्मन्साले काम गरिरहेको बताइन् । गाउँमा हुने विकासका लागि उपभोक्ता समिति गठन गर्न बैठक बोलाइदिने, आगामी वर्षका लागि टोलटोलमा योजना छनौटका लागि हुने टोल भेलामा गाउँलेलाई सहभागी गराइदिने जस्ता काम भल्मन्साले गरिरहेको उनले बताइन् ।

भल्मन्सा चुन्ने तरिका पनि फेरिएको छ । केही गाउँमा भल्मन्सा बन्नका लागि चुनाव समेत हुने गरेको छ भने केही गाउँलेहरुले पालो फेर्ने प्रणाली विकास गरेका छन् । भल्मन्सा महासंघका जिल्ला महासचिव सन्तराम चौधरीले गाउँघरमा भल्मन्साको जिम्मेवारी युवाहरुले समेत लिन थालेको बताए । उनले यसले गर्दा गाउँघरको विकासका लागि सरकारी कार्यालयसंग सम्बाद गर्न समेत सहज भएको बताए । पहिले पहिले पुरुष र पाको उमेरका व्यक्ति मात्रै भल्मन्सा हुने गरेकोमा पछिल्लो समयमा युवा र महिला समेत भल्मन्सा बन्न थालेको चौधरीले बताए ।

थारु समुदायमा परम्परागत रुपमा चल्दै आएको भल्मन्सा प्रथामा हरेक माघ महिनाले पहिलो सातामा भल्मन्सा चुन्ने गरिन्छ । प्रत्येक गाउँको आफ्नै नियम अनुसार भल्मन्साको कार्यावधी एकदेखि ३ वर्षसम्मको हुने गरेको छ । भल्मन्सासंगै भल्मन्साका सहयोगीहरु चौकीदार, ओर्गान, चिराकी, लिखनदार लगायतका व्यक्ति चयन गर्ने गरिएको छ । भन्मन्सालाई गाउँलेहरुले पारिश्रमिकको रुपमा वार्षिक रुपमा प्रति घरधुरीको हिसावले बाली दिने गरेका छन् ।

  • भल्मन्सा प्रथा संरक्षणमा जुटदै स्थानीय तह
शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.