• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

कैलालीमा छाडा चौपायाका कारण कृषक हैरान

  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित

धनगढी- छाडा चौपायाबाट कैलालीका किसान हैरान बनेका छन् । स्थानीय तहहरुले छाडा गाइगोरुको व्यवस्थापन गर्न नसक्दा किसान हैरान बनेका हुन । छाडा रहेका चौपायाले हिउँदे कृषिबालीमा क्षति गरिरहेका छन् । किसानलाई बाली जोगाउन हम्मे भएको छ । छाडा गाईगोरुबाट कृषि बाली जोगाउन सकस भएको धनगढी उपमहानगरपालिका –८ का विष्णु चौधरीले बताए । उनले भने, “दिनभरि खेतमै गाईगोरु हुन्छन् । एकतिरबाट धपाउँदा अर्कोतिर गएर खान थाल्छन् । कति धपाउने, कहाँ धपाउने ?”

अहिले खेतमा सबैतिर गहुँ, मसुरोलगायतका हिउँदे बाली रहेको छ । त्यस्तै, बारीमा तरकारी पनि रहेको छ । छाडा चौपायाबाट हिउँदेबाली मात्र नभइ तरकारी जोगाउन पनि सकस रहेको स्थानीय प्रेम चौधरीको भनाइ छ । चौपायाले बारीको तरकारी नष्ट गरेर साह्रै दुःख दिइरहेको उनले बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले छाडा चौपाया व्यवस्थापनको अधिकार स्थानीय तहलाई सुम्पेको छ । हरेक स्थानीय तहले छाडा चौपाया व्यवस्थापनको प्रयास गर्दै आइरहेका छन् ।

चौपाया व्यवस्थापनकै नाममा स्थानीय तहबाट करोडौं बजेट खर्च भइसकेको छ । तर, छाडा चौपाया समस्या अझै समाधान हुन नसकेको धनगढी उपमहानगरपालिका –१ का वडा अध्यक्ष सन्तोष मुडभरीले बताए । उनका अनुसार गौशालामा चौपाया व्यवस्थापनका लागि धनगढी उपमहानगरपालिकाले मात्र एक करोडभन्दा बढी रुपियाँ खर्च गरिसकेको छ ।

“छाडा चौपाया सदाबहार समस्याजस्तै भइसकेको छ” मुडभरीले भने, “समाधानको जति प्रयास गरे पनि समाधान भएको छैन ।” छाडा चौपाया समाधान नहुने समस्या नरहे पनि स्थानीय तहहरु नै जिम्मेवार नबन्दा समस्या समाधान हुनुको साटो बढ्दैगएको बताइएको छ । खेत, वन यत्रतत्र रहेको चौपायालाई गौशालामा व्यवस्थापन गर्नुको सट्टा एक स्थानीय तहले अर्को स्थानीय तहको क्षेत्रमा चौपाया लखेट्ने गरेका कारण समस्या समाधान हुन नसकेको जनाइएको छ ।

सम्पूर्ण स्थानीय तहले एक साथ गौशालामा व्यवस्थापन गर्नुका साथै चौपाया छोड्नेलाई दण्डजरिवाना गर्नुका साथै कडाइ गरेमा यो समस्या समाधान हुन सक्ने वडा अध्यक्ष मुडभरीले उल्लेख गरे । छाडा चौपायाले खेतीपातीमा नोक्सान गर्न थालेपछि किसान चौपाया धपाउन रातभर खेतमै जाग्राम बस्ने गरेका छन् । छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकार असफल भएको स्थानीय कृषकको भनाइ छ ।

  • कृषक हैरान
शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.