धनगढी- चवरा चौतारा समाज धनगढीले शनिवार धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बिरामीहरुलाई रगतको अभाव नहोस भन्ने उदेश्यले समाजले धनगढी पार्कमोड अगाढी रक्तदान कार्यक्रम गरेको हो ।
शनिवार विहान ९ बजेदेखि २ बजे सम्म गरेको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेमा समाजमा आबद्ददेखि अन्य रक्तदाहरु रहेका समाजका सह-सचिव नीम मिश्रले जानकारी दिए ।
उनका अनुसार समाजले पछिल्लो समय यस्तै रचनात्मक कार्यहरु गरदै आईरहेको छ । रक्तदान कार्यक्रम समाजका अध्यक्ष दिपेन्द्र बमको अध्यक्षता मा सम्पन भएको थियो ।
















