धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ र २ चौमाला पुरानो बजार जोडने पुलको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री देउवा आइतबार सोही ठाउँमा पुगेर स्थलगत निरीक्षण गरेका हुन् ।
पुल निरीक्षणका क्रममा गौरीगंगा नगरपालिका नगर प्रमुख देवीदत्त कँडेल र उपप्रमुख भोजराज बमले मन्त्रीलाई पुल निर्माणका विषयमा जानकारी गराएका थिए ।
विगतमा पुल नहुँदा त्यस ठाउँका स्थानीय काठे पुलबाट आवतजावत गर्न गरेका थिए। पुल निरीक्षणका क्रममा काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनार लगायत स्थानीयहरू रहेका थिए ।













