धनगढी- कैलालीमा काठसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका-४ गैरीगडाका ३२ वर्षीय मन्दिरे धामी चिरान काठसहित पक्राउ परेका हुन् ।
अत्तरिया सब डिभिजन वन कार्यालयको टोलीले उनलाई सोमबार पक्राउ गरेको बताएको छ । उनलाई थप अनुसन्धानको लागि सशस्त्र वन सुरक्षा शाखा धनगढीको जिम्मा लगाइएको कार्यालयले जनाएको छ ।
















