काठमाडौँ- एकैपटक २५ जिल्लामा नेपाल प्रहरीका प्रमुख हेरफेर गरिएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मंगलबार बेलुका ७८ जना प्रहरी उपरीक्षक ९एसपी० को सरुवा गरेका हुन्। त्यस क्रममा २५ जिल्लाका इन्चार्ज पनि फेरिएका हुन्।
तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कँडेल, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी र मोरङमा नवराज कार्कीलाई सरुवा गरिएको छ।
कञ्चनपुरमा चक्रराज जोशी, सर्लाहीमा दयानिधि ज्ञवाली, पाल्पामा नरेन्द्र चन्द, कैलालीमा पदम बहादुर विष्ट, बर्दियामा प्रवीण धिताल, गोरखामा वासुदेव पाठक, काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्का र सिन्धुलीमा विनोद शर्मा सरुवा भएका छन्।
यस्तै धनकुटामा विमल बस्नेत, डोटीमा विष्णुहरि कोइराला, चितवन भावेश रिमाल, धनुषामा मित्रवन्धु शर्मा, झापामा मिलन केसी, रुपन्देहीमा रञ्जितसिंह राठौर, गुल्मी राजन भुजेल र सुर्खेतमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ।
स्याङ्जामा शालिग्राम शर्मा, महोत्तरीमा श्यामकुमार राई, सिरहामा सन्तोष आचार्य र बाँकेमा सुवास चन्द्र बोहरा सरुवा भएका छन्। जिल्ला इन्चार्जको जिम्मेवारी पाएको एक वर्ष पूरा भएका एसपीलाई सरुवा गरिएको हो। यसअघि जिल्ला इन्चार्ज रहेकाहरूलाई अन्य कार्यालयमा खटाइएको छ।













