• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

नेपालमा मानवीय सहयोग जारी रहन्छ, विपद् पीडितलाई नगदै सहयोग : आइएफआरसी

  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित

काठमाडौँ- बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ स्थित लक्ष्मी गिरीको गत असोज महिनामा आएको अकल्पनीय भूकम्पले घर ढाल्यो । जीवनको ओत लाग्ने सहारालाई कसरी उठाउने र छ सन्तानलाई कसरी हुर्काउने भन्ने चिन्ताले लक्ष्मीकी श्रीमान्को निधन भयो । उनले भने, “भूकम्पले घर ढाल्यो । छ छोरीको भविष्य र घर कसरी उठाउने भन्ने चिन्ताले भूकम्प गएको एक महिना नबित्दै जीवनको सहरा श्रीमान् बिते। न जीवनको सहारा रह्यो, न बास ।

नेपाल रेडक्रसका स्वयंसेवकले त्रिपाल र कम्बल दिए । यसले केही सहयोग पुग्यो । तत्कालै रु १५ हजार नगद पाएँ । छोरीहरुलाई चिसो छल्न न्यायो लुगा किन्न र खानामा खर्च गरेँ । रेडक्रसले टहरो हाल्न (अस्थायी आवास निर्माण) शौचालय र खानेपानी ट्याङ्की बनाउन सहयोग ग¥यो । ।”

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले विपद्पछि सङ्कटासन्न समुदायको तत्काल उत्थानका लागि उपलब्ध गराउने नगद सहयोगले समुदायमा सकारात्मक प्रभाव पारेको छ । पछिल्लो समय परोपकारी सस्था आइएफआरसी विपद्पछि सङ्कटासन्न समुदायलाई उत्थान गर्न तत्काल नगद सहयोग गर्ने नीति अवलम्बन गरेको छ । सोही नीतिअनुसार उसले गत वर्षको सुदूरपश्चिम र यस वर्षको कर्णाली भूकम्प पीडितलाई पहिलो चरणमा नगद सहयोग नै उपलब्ध गराएको थियो ।

डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ केन्द्रविन्दु बनाएर विसं २०७९ कात्तिक २३ गते बिहान ६ दशमलव ६ म्याग्नेच्युड, बझाङको चैनपुरलाई केन्द्रविन्दु बनाएर विसं २०८० असोज १६ गते अपराह्न ६ दशमलव ३ म्याग्नेच्युड तथा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर विसं २०८० कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युड भूकम्प गएको थियो । ती भूकम्पले अकल्पनीय मानवीय एवं भौतिक क्षति पु¥याएको छ ।

नेपाल सरकारको नीति अनुसार आइएफआरसीले नेपाल रेडक्रस सोसाइटी मार्फत डोटी, बझाङ, बाजुरा, रुकुम पश्चिम, जाजरकोट र सल्यान जिल्लाका भूकम्प अतिप्रभावित प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न रु ५० हजार, अत्यावश्यक वस्तु खरिद गर्न रु १५ हजार र शौचालय निर्माण गर्न रु १५ हजार, पानी ट्याङ्की रु सात हजार गरी जम्मा रु ८७ हजार प्रदान गरिरहेको छ ।

यहाँस्थित आइएफआरसीका देशीय प्रतिनिधि अजमद उल्लाले भने, “सङ्कटासन्न समुदायलाई विपद्को सामना गर्न सानो नगद सहयोगले ठूलो सहयोग पुग्ने हुनाले आइएफआरसीको विश्वव्यापी नीतिअनुसार हामीले पनि नेपाल सरकार, नेपाल रेडक्रसको समन्वयमा नगद सहयोग गर्ने नीति लिएका हाँै । यसबाट सङ्कटासन्न समुदायलाई तत्काल स्रोतको अभाव हुन दिँदैन । यसबाट सङ्कटासन्न समुदाय खुसी छन् ।”

आफ्ना कार्यादेशअनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि मानवीय सहयोग जारी रहने उनले जानकारी दिए । उसले भूकम्पपीडितलाई आवास र गैरखाद्य सामग्री–नगद वितरण (आकस्मिक आवास, तारपोलियन, म्याट्रेक्स, ब्ल्याङ्केट, बुकटेस), स्वास्थ्य (मनोसामाजिक परामर्श) सरसफाइ, जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृतरूपमा उपलब्ध गराइराखेको छ ।

आइएफआरसीले जाजरकोट भूकम्प प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको थियो । स्वीट्जरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपद् प्रतिकार्य राहत कोष (ड्रेफ) मार्फत नेपाल रेडक्रसलाई सो रकम उपलब्ध गराएको हो ।

सन् २०२३ को डिसेम्बरसम्मको प्रतिवेदनअनुसार आइएफआरसीले कर्णाली भूकम्पपीडित ९रुकुम पश्चिम, जाजरकोट र सल्यान० चार हजार आठ सय ६५ परिवारलाई गैरखाद्य सामग्री, तीनसय ९२ रेडक्रसका स्वयंसेवक परिचालन, सात हजार पाँच सय मर्यादा सामग्री ९सरसफाइ०, दुई हजार तीन सय ५५ जनालाई मनोसामाजिक परामर्श, रेडक्रसको आकस्मिक स्वास्थ्य क्लिनिकमार्फत एक हजार आठ सय ४७ जनालाई स्वास्थ्य सेवा, दुई हजार एक सय ५० लाई अस्थायी आवास बनाउन अभिमुखीकरण, अस्थायी आवास बनाउन सरकारको नगद सहयोगलगायत अन्य जानकारीका लागि सहायता कक्ष स्थापना एवं यसमार्फत नौ हजार एक सय पाँचले सहयोग तथा अस्थायी आवास, शौचालय, खानेपानी भण्डारण तथा अन्य बहुउपयोगी सहयोगअन्तर्गत चार सय ३० परिवार लाभान्वित भएको जनाएको छ ।

हाल विश्वको एक सय ९१ देशमा मानवीय सहायता प्रदान गरिराखेको आइएफआरसीले नेपालमा हालै प्रकाशित गरेको सन् २०२३ को प्रतिवेदनले भन्छ “विपद् पूर्वविपद्को समय विपद्पश्चात् तथा स्वास्थ्य आपत्कालका सययमा सङ्कटासन्न व्यक्ति तथा समुदायका उत्थान, जीवनसुधार लागि मानवीय सहायता प्रदान गर्ने काम निरन्तर जारी रहन्छ ।”

प्रतिवेदनका अनुसार डोटी, बझाङ, बाजुराका एक हजार चार सय तीन परिवारलाई गैरखाद्य सामग्री, एक हजार दुई सय ६८ मर्यादा सामग्री ९सरसफाइ०, पाँच सय ६४ परिवारलाई बहुउपयोगी नगद सहयोग, एक सय १५ परिवारलाई अस्थायी आवास निर्माण तथा शौचालय निर्माणमा सहयोग, सात सय ६१ जनालाई सरसफाइ जानकारी, सात सय २१ जनालाई मनोसामाजिक परामर्श सेवा तथा चार सय आठ जनालाई अस्थायी आवास र हिंसा न्यूनीकरणसम्बन्धी जानकारी दिइएको उल्लेख छ ।

ड्रेफमार्फत सन् २०२३ मा आइएफआरसीले २६ जिल्लामा डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न रेडक्रसको स्वयंसेवक परिचालनमा सहयोग गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ मा नेपालमा ५२ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित भई २० जनाको अकालमा मृत्यु भएको थियो ।

‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ एवं सरसफाइ अभियानअन्तर्गत सात लाख ७७ हजार छ सय २५ जना लाभान्वित भएका, यसका लागि चार सय ७० स्थानमा लार्भा खोज र नष्ट गर कार्यक्रम सम्पन्न भएका, एक सय १५ रक्तदान कार्यक्रममार्फत पाँच हजार दुई सय १७ रक्तदाताले रगत दान गरेको आइएफआरसीद्वारा प्रकाशित प्रतिवेदनमा औँल्याइएको छ ।

आइएफआरसीका पाँच रणनीतिक प्राथमिकता र लाभान्वित व्यक्तिअन्तर्गत जलवायु र वातावरण सङ्कट कार्यक्रमअन्तर्गत दुई लाख ५४ हजार ५४, मूल्य मान्यता, शक्ति र समावेशीकरण कार्यक्रमबाट ५८ हजार ५३५, बसाइँसराइ र पहिचान कार्यक्रमबाट दुई हजार ३५५, सङ्कट र विपद् कार्यक्रमबाट दुई लाख ६१ हजार एक सय आठ, स्वास्थ्य र जीवनयापन सुदृढीकरण कार्यक्रमबाट १६ लाख आठ सय ६८ लाभान्वित भएको प्रतिवेदनमा जनाइएको छ । रासस

  • मानवीय सहयोग
बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.