• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

प्रदेशका सरकारी भवन बनाउन छुट्टै निकाय तर मन्त्रालय आफैले भवन बनाउँछन् 

  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित

तेजराज भट्ट/धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले मातहतका सरकारी र सामुदायिक भवन बनाउन प्रदेशका तीन ठाउँमा सहरी विकास तथा भवन निर्माण कार्यालय स्थापना गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रदेशका नौवटै जिल्ला हेर्ने गरी कैलाली, डोटी र बैतडीमा पाँच वर्षअघि स्थापना गरिएका कार्यालयलाई सरकारी भवन निर्माणसम्बन्धी योजना कार्यान्वयन गर्ने जिम्मेवारी तोकिएको छ ।

सरकारले भवन बनाउने छुट्टै निकाय खडा गरे पनि भवन निर्माणका योजना भने सम्बन्धित मन्त्रालय आफैले कार्यान्वयन गर्छन् । प्रदेश सरकारले ल्याउने सरकारी र सार्वजनिक भवन निर्माणका योजना सहरी विकास तथा भवन निर्माण कार्यालयहरु मार्फत् कार्यान्वयन गर्नुपर्ने हो । तर कार्यालयले विभागीय मन्त्रालयबाहेक अन्य मन्त्रालयका भवनसम्बन्धी योजना कार्यान्वयनको जिम्मेवारी हालसम्म पाउन सकेका छैनन् । लागत स्टीमेट तयार गर्ने, भवन निर्माणका क्रममा कामको गुणस्तरबारे अनुगमन, निरीक्षण गर्ने प्राविधिक जनशक्ति नभएका
प्रदेशका निकायसमेत भवनका योजना आफै कार्यान्वयन गर्छन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बझाङमा इलाका प्रहरी कार्यालय थलारा र स्याडी प्रहरी चौकीको भवन निर्माण गर्न यस वर्ष एकरएक करोड रुपैयाँ विनियोजन गरेको छ । यी भवनको योजना कार्यान्वयन बझाङ र दार्चुलासमेत कार्यक्षेत्र रहेको सहरी विकास तथा भवन निर्माण कार्यालय बैतडीले नभइ मन्त्रालय आफैले गर्दैछ । मन्त्रालयको योजना शाखाका नासु मनोज जोशीका अनुसार दुवै भवनको ठेक्का मन्त्रालय आफैले लगाउने तयारी छ ।

सहरी विकास तथा भवन निर्माण कार्यालय बैतडीका प्रमुख गोविन्द देवकोटाले कार्यालयमा यस वर्ष भवन निर्माणको एउटामात्र योजना छ । ‘पूर्वाधार विकास कार्यालयको भवनसँगै नाला र ट्रयाक बनाउने अरु ससाना योजना छन्, प्रहरी भवनको योजना हामीकहाँ छैन’ देवकोटाले भने, ‘हामीले आएका योजना कार्यान्वयन गर्ने हो ।’ मन्त्रालयकै ठेक्कामार्फत् कैलालीको टीकापुरमा दुई करोड १२ लाख र अछामको कमलबजारमा पाँच करोड ११ लाखमा प्रहरी भवन गत वर्षदेखि निर्माणाधीन छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले समेत ठेक्कामार्फत् आफै भवन बनाउँछ । मन्त्रालयअन्तर्गत सहकारी रजिष्टारको कार्यालय धनगढीले करिब तीन करोड रुपैयाँ लागतमा बनाएको तीन तले भवन गतसाता उद्घाटन गरिएको छ । कृषि मन्त्रालयले कैलालीको कैलारी गाउँपालिकाका अग्निपीडितका लागि आफैले ठेक्कामार्फत् २७ वटा घर बनाएर गत वर्ष हस्तान्तरण गरेको थियो । करिब ७६ लाख रुपैयाँको लागतमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय धनगढीको भवन निर्माणको काम हालै सुरु भएको छ ।

आर्थिक मामिला मन्त्रालयमा गत वर्ष सवा दुई करोड लागतमा प्रिफ्याब भवन बनाइएको छ । तर कैलाली, कञ्चनपुरमा सरकारी भवन बनाउने कार्यक्षेत्र रहेको सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले भने पाँच वर्षको अवधिमा विभागीय मन्त्रालयबाहेक अन्य मन्त्रालयसँग सम्बन्धित भवनका योजना कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छैन ।

कार्यालयका निमित्त प्रमुख महिम बोहराले कार्यालय स्थापनाको पाँच वर्षमा विभागीय मन्त्रालयबाहेक अन्य मन्त्रालयअन्तर्गतका भवन बनाउने जिम्मेवारी हालसम्म कार्यालयले नपाएको बताए । ‘भवन बनाउने कार्यक्षेत्र भएकाले प्रदेश मातहतका सबै सरकारी भवनका योजना सहरी विकासमार्फत् कार्यान्वयन हुनुपर्ने हो’ उनले भने, ‘तर विभागीय मन्त्रालयबाहेकका भवनका योजना हामीकहाँ आउँदैनन् ।’

कार्यालयले यस वर्ष यातायात व्यवस्था कार्यालय कैलाली, भूमिगत जलस्रोत कार्यालय कैलाली, पूर्वाधार विकास कार्यालय कैलाली र मोहना पथरैयाँ सिँचाइ आयोजना कैलालीको भवन निर्माणको योजना कार्यान्वयन गर्ने जिम्मेवारी पाएको उनले जानकारी दिए । ससानो खण्डमा सडक, नाली निर्माण तथा जनता आवाश कार्यक्रमअन्तर्गत विपन्न परिवारका घर निर्माणको काम पनि सहरी विकासले गर्ने गर्छ ।

ठेक्कापट्टामा हुने लाभका कारण मन्त्रालय र निकाय आफैले भवनका योजना कार्यान्वयन गर्ने गरेका बताइन्छ । हालै आएका प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बमले सरकारी भवन सम्बन्धित निकायलाई नै बनाउन दिनेबारे छलफल गरिने बताएका छन् । जिम्मेवारीसँगै विषयगत विज्ञता भएको जनशक्ति हुने भएकाले पनि सहरी विकासले नै सबै सरकारी भवन बनाउन पाउनुपर्ने सचिव बमले बताए ।

‘प्रदेशका सरकारी भवन सहरी विकास कार्यालयमार्फत बनाइनु पर्ने हो तर यहाँ मन्त्रालय आफैले बनाउने गरेका रहेछन्’ उनले भने, ‘भवन निर्माणको काम सम्बन्धित निकायलाई नै दिनेबारे छलफल गर्छौँ ।’ संघमा पनि अरु मन्त्रालयका भवन सहरी विकास कार्यालयले बनाउने गरेको उनले बताए ।

 

  • भवन बनाउन छुट्टै निकाय
बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.