बाजुरा- बाजुराको बडीमालिका नगरपालिकाले नेपाली राष्ट्रिय फुटबल खेलाडी सरिता नाथलाई सम्मान गरेको छ । यु–१९ साफ च्यापिएनमा भारत सहितका देशमा फुटबल खेलेर गृह पालिका आएकी खेलाडी नाथलाई पालिकाले बधाई ज्ञापनसहित सम्मान गरेको खेल नगर संयोजक राजेश पायल विकले बताए ।
उनका अनुसार खेल क्षेत्रबाट बाजुराको पहिचान बढाउने कार्यको प्रशंसा गर्दै प्रमाण पत्रसहित खादा ओढाएर नगर प्रमुख अमर खड्काले सम्मान गरेका हुन्। फुटबल खेलाडी नाथले माघ १९ देखि २५ गतेसम्म बङ्गलादेशमा सम्पन्न दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिपको अन्तर्राष्ट्रिय स्तरको खेलमा उच्च खेल प्रदर्शन गरेका थिए ।













