धनगढी- पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कैलाली आउने भएका छन्। नेकपा एमालेको जिल्ला अधिवेशनको उद्घाटन ओली कैलाली आउने लागेका हुन् ।
आइतबार (आज)कैलालीको सुखडमा सुरु हुने एमालेको कैलाली जिल्ला अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन पछि एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले कैलालीका अध्यक्ष दुर्गाप्रसाद जोशीले जानकारी दिए ।
अधिवेशनको लागि एमाले अध्यक्ष ओली आजै काठमाडौँबाट आउँदै छन् । आइत र सोमबार गरी दुई दिन हुने अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने नेकपा एमाले कैलालीले जनाएको छ ।













