धनगढी- दार्चुला ट्रयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दार्चुला कोनौगाड गापा २ सुन्नमुन्न स्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा धनुषा नारायण नपा ५ गमरखोली बस्ने बर्ष ३२ को राम सागर रावतको मृत्यु भएको हो ।
ग्वाल्लेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सु .प .प्र.०२००१ त १४२९ नम्बरको ट्याक्टर ब्रेक फेल भई सडकबाट १५० मिटर तल खसेर आईतबार साँझतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार सोहीनिमार्ण सेवा कम्पनिका ओभरसियर जिल्ला धनुषा नारायण नपा ५ गमरखोली बस्ने बर्ष ३२ को राम सागर रावतको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो । फरार रहेका ट्याक्टर चालक जिल्ला बैतडी मेलौली नपा १ बस्ने २८ को बिजेन्द्र सिंह नायक खोजिकार्य गर्नुका साथै दुर्घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट अवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













