धनगढी- कैलालीको धनगढी विमानस्थलमा नेकपा एमालेका सचिव लेखराज भट्ट र पूर्व उपाध्यक्ष भीम रावलबिच भेट भएको छ । मङ्गलवार विमानस्थलको विशिष्ट कक्षमा उनीहरूबिच भेट भएको हो ।
एमाले कैलालीको अधिवेशन उद्घाटनमा आएका भट्ट काठमाडौँ जाँदै थिए भने रावल अछामको वैद्यनाथ कोटि होममा सहभागी हुन आएका हुन् । विमानस्थलको विशिष्ट कक्षमा उनीहरूबिच राजनीतिक विषयमा कुरा भएन ।
तर, भट्टले रावललाई घरमा जारी महायज्ञको प्रसाद ग्रहणका लागि निम्तो दिएका छन् । उनीहरूबिच ३० मिनेटभन्दा बढी कुराकानी भएको हो ।













