दार्चुला- दार्चुला सदरमुकाम खलंगामा संकलन गरेको सहकारीको पैसा कोठबाटै चोरी भएको छ । सोमबार खलंगास्थित आर्मी गेट अगाडि डेरा गरी बस्ने ब्यास गाउँपालिका-६ की मञ्जुको कोठाबाट सहकारीमा जम्मा गर्नुपर्ने ३२ हजार रूपैयाँ चोरी भएको उनले बताइन् । केदारनाथ बचत तथा ऋण सहकारी संस्थाकी संकलनकर्ता भट्टको कोठामा रहेको झोलाबाट रकम चोरी भएको बताइएको छ ।
उनका अनुसार सहकारीमा जम्मा गर्नुपर्ने एक लाख १७ हजार रुपैयाँमध्ये ३२ हजार रुपैयाँ सोमबार साँझ चोरी भएको र मंगलबार बिहान साढे ६ बजेको समयमा उक्त रकममध्ये १४ हजार ढोका अगाडि राखेको पाइएको मन्जु भट्टले बताइन् । पैसा चोरी भएकोबारे प्रहरीमा निवेदन दिइसकेको उनको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













