• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

तरकारी खेतीबाट वार्षिक १५ लाख आम्दानी गर्दै दिनेश

  •   बुधबार, फागुन ०९, २०८० मा प्रकाशित

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–९, बङ्ग्राकटानका दिनेश चौधरीले १७ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका छन् । विगत १९ वर्षदेखि तरकारी खेती गर्दै आएको उनले बताए । उनले भने, ‘मैले २०६१ सालबाट तरकारी खेती गर्दै आएको छु । एसएलसी पास गरिसकेपछि तरकारी खेतीमा लागेको हुँ । तरकारी खेतीबाट वार्षिक १५ लाख आम्दानी गर्छु ।

सबै खर्च कटाएर वार्षिक ८ लाख बचत हुन्छ ।’ चौधरीले भने, ‘चारजनाको परिवार छ । अन्य रोजगारी केही पनि छैन् । मेरो रोजगारी भनेको यही नै हो । बच्चाहरुको पढाइलेखाइदेखि लिएर सबै घरखर्च यसैबाट चलाएको छु ।’ तत्कालिन कृषि विकास कार्यालय कैलालीले दिएको ३ महिने आइपिएम तालिमबाट उत्प्रेरित भएर व्यवसायिक तरकारी खेतीमा लागेको उनले बताए । उमेरले ४० वर्षीय चौधरीले भने, ‘म पढिराखेकै थिए । जब मैले आइपीएम तालिम लिए त्यसपछि मलाई कृषि क्षेत्रमै केही गर्नुपर्छ भन्ने ल्याग्यो र तरकारी खेती सुरु गरे ।’

भेटेरीनरी जेटिए पढेका चौधरी पशु क्षेत्रका प्राविधिक भएपनि कृषि क्षेत्रमा लागेको बताउछन् । उनले ‘हुन त म पढाइको हिसावले पशु क्षेत्रको प्राविधिक हुँ । मैले भेटेरिनरी जेटिए पास गरेको छु । जागिर खान खोजेको भए अहिले जागिरे पनि हुन्थे होला । तर,कृषि क्षेत्र तिर लागे जागिरभन्दा यसैमा राम्रो आम्दानी गरेको छु ।’ ‘रोजगारी सृजना गर्नुपर्छ र उद्यमी बन्नु पर्छ भन्ने मेरो सानैदेखिको धारणा हो ।’ उनले भने ‘त्यसैले मैले अन्य क्षेत्रभन्दा कृषि क्षेत्रमा केही गर्नुपर्छ भनेर यसमा लागेको हुँ ।’

उनले आफ्नो कृषि फर्ममा २ जनालाई नियमित रोजगारी पनि दिएको बताए । उनले भने ‘म आफू पनि स्वरोजगार भएको छु । २ जना स्थानीयलाई पनि रोजगारी दिएको छु । उहाँहरुलाई प्रतिव्यक्ति दैनिक पाँच सयका दरले ज्याला दिने गरेको छु ।’ ‘बाह्रै महिना सिजनअनुसारका तरकारी लगाउँछु । तरकारी बिग्रिने पनि हुँदैन । लामो समय काम गरेकाले अनुभव पनि भइसक्यो ।’ उनले भने ‘तरकारी बारी कहिल्यै खाली हुँदैन् ।

काक्रा,फर्सी,पालङ,बोडीलगायतका तरकारी हुर्किदै छ । केही समयपछि बेच्न सुरु हुन्छ । अहिले आलु,बन्दा,काउली,टमाटरलगायतका तरकारी बिक्री गरेर सकिएको छ ।’ चौधरीले भने ‘बजारको समस्या हुँदैन् । धेरैजसो होलसेल व्यापारीहरु बारीमै आएर तरकारी लैजानु हुन्छ । नजिकैको धनगढीको हाट बजारमा लगेर पनि बिक्री गर्छु ।’ केही तरकारी आफ्नै होटलमा पनि खपत गर्ने गरेको उनले बताए । उनले भने ‘मैले होटल व्यवसाय पनि गरेको छु । त्यहाँ पनि तरकारी आफ्नै बारीको जान्छ । आलु मात्रै ७÷८ क्वन्टिल होटलमा खपत हुन्छ ।’

उनले तरकारी खेतीसँगै केरा र मेवा खेती पनि गर्दै आएको बताए । उनले भने ‘बिगत ३ वर्षदेखि ७ कठ्ठा जमीनमा केरा खेती गरेको छु । तरकारी खेतीसँग मेवा पनि रोपेको छु ।’ ‘यसबाट पनि राम्रै आम्दानी हुने गरेको छ । उनले भने ‘केराबाट वार्षिक १ लाख ५० हजार बढी हजार आम्दानी हुने गरेको छ । अब यसलाई विस्तार गर्ने योजनामा छु ।’ उनले भने ‘यो बर्ष नै १ विगाहा जग्गामा केरा खेती विस्तार गर्दै छु । फागुनबाट बेर्ना रोप्ने तयारी छ ।’

एक विगाहामा केरा खेती गर्न सके वार्षिक ५० लाख भन्दा बढी आम्दानी गर्न सकिन्छ । यसको बजार पनि राम्रो छ ।’ उनले भने ‘केराखेती विस्तारपछि थप ५ जना जतिलाई रोजगारी दिने सोच बनाएको छु ।’  मेवा पनि अब १ हजार बोट लगाउने तयारीमा रहेको चौधरीले बताए । एउटा क्षेत्र रोजेर लगनशील भएर काम गरे रोजगारीका लागि भौतारिनु पर्ने अवस्था नहुने उनको भनाइ थियो ।

 

  • १५ लाख आम्दानी
बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.