धनगढी– नेकपा एमाले कैलालीको सुखडमा जारी नवौं अधिवेशनमा अध्यक्षका लागि तीन जना प्रतिष्पर्धामा उत्रिएका छन् ।बिहीबार)आज निर्वाचन समितिले उम्मेदवारको नावावली प्रकाशित गरेको छ । अध्यक्षका लागि डेजी पाण्डे,दुर्गा जोशी र यज्ञराज ढुंगानाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गजेन्द्र स्वार विष्णुबहादुर चौधरी, वीरेन्द्रबहादुर रावल,आनन्द भट्ट, मदनराज ओझा,दलबहादुर विष्ट र लोकेन्द्रबहादुर शाही रहेका छन् । सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा, र ममता प्रसाद चौधरी गरी ३ जना चुनावी प्रतिष्पर्धामा रहेका छन्।
उपसचिवमा किशोर शाह, चक्र विष्ट,चुडामणी भट्ट,मदन रेग्मी, नृप खड्का,भुवन रिजाल र राजु गुरुङको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपसचिवमा अम्बिका बिष्ट मल्ल,गीता चौधरी,गंगाकुमारी चौधरी,रत्नाकुमारी जोशी र शान्तिदेवी सिंह रहेका छन् । नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । दिउँसो १ बजेबाट ५ बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ । ५ सय ८८ जना मतदाता रहेको जनाइएको छ । आज अधिवेशनको पाँचौँ दिन हो सहमतीको प्रयास असफल भएपछि निर्वाचन प्रकृया अघि बढाइको हो । अधिवेशन फागन ६ गते उद्घाटन गरिएको थियो ।














