• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

शीत भण्डार निर्माण हुन थालेपछि किसान उत्साहित

  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित

भजनी- राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीत भण्डार निर्माण गर्न थालेको छ ।

एकाइ र उपभोक्ताको लगत तथा सहभागितामा शीत भण्डार निर्माण हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । संयुक्त प्रयासमा शीत भण्डार निर्माण थालिएको भन्दै किसानले उत्पादन गरेका वस्तु टाढाका बजारसम्म पु¥याउनुपर्ने बाध्यताको अन्त्य हुने रामबहादुर चौधरीले विश्वास व्यक्त गरे।

‘बीउका लागि उत्पादन भएका वस्तु घरमा राखेर सम्भव हँुदैन । यसअघि शीत भण्डारमा लगेर राख्दा निकै महँगो हुने गरेको थियो’ । उनले भने, ‘टीकापुरमै शीत भण्डार निर्माण भएपछि यहाँका किसानलाई फाइदा पुग्नेछ ।’ योसँगै उत्पादन भएका तरकारीले राम्रो बजार पाउने विश्वास बढेको उनको भनाइ थियो ।

टीकापुरका लक्ष्मण चौधरीले सिजनमा उत्पादन भएका भण्डारण गरी बजारीकरण गर्न सकिने भन्दै यसबाट सिजनमा उत्पादित तरकारी तथा फलफुलले राम्रो बजार पाउने बताए । ‘सिजनमा ३०-३५ क्विन्टल आलु उत्पादन हुन्छ । प्याज पनि त्यस्तै उत्पादन हुने गरेको छ’, उनले भने ‘त्यो समयमा बजारको मूल्य निकै कम हुँदा लागत उठाउन समस्या हुन्छ । शीत भण्डारमा भण्डारण गरेर पछि बिक्री गर्दा प्रशस्त आम्दानी लिन सकिन्छ ।’

एक हजार मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणका लागि २५ प्रतिशत किसानले लगानी गर्नेछन् भने बाँकी ७५ प्रतिशत कार्यान्वयन इकाईले गर्ने जनाएको छ । टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिका किसानले यसबाट लाभ लिन सक्नेछन् । करिब रु सात करोड छ लाख ६९ हजार छ सय को लागतमो रानीजमरा कुलरीया मूल कुलो समितिको मातहतमा रहने गरी शीत भण्डार निर्माण गरिने समितिका अध्यक्ष कुमारराज शाहीले जानकारी दिए ।

‘यस आयोजनामा अधिकांश किसानको लगानी रहेको छ । किसानको लगत सहभागितामा शीत भण्डार निर्माण हुँदा त्यसको बढीभन्दा बढी फाइदा किसानले लिन सक्छन्’, अध्यक्ष शाहीले भने ‘अधिकांश किसानको लगानी भएकाले यसको संरक्षण र सम्बर्द्धनमा किसान स्वयमं अग्रसर रहन्छन् ।’ उनका अनुसार शीत भण्डारमा केही कृषि सहकारीले पनि शेयर लगानी गरेका छन् । किसानबाट समयमा लागत सङ्कलन हुन नसक्दा तीन वर्ष इकाईले विनियोजन गर्दै आएको करिब रु छ करोड बजेत फ्रिज जाने गरेको थियो ।

अहिले किसानको पूर्ण सहयोगमा शीत भण्डार निर्माणले सार्थकता पाउन लागेको कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख कलशराम चौधरीले बताए । ‘शीत भण्डारको ठेक्का सम्झौता भइसकेको छ । विश्व बैंकका प्रतिनिधिले यसको अनुगमन समेत गरिसक्नु भएको छ’, उनले भने ‘अनुगमनबाट आएको प्रतिवेदन अध्ययन गरेर बाँकी काम अगाडि बढाउने तयारी भएको छ ।’ प्रमुख चौधरीका अनुसार आगामी डिसेम्बर १५ भित्र शीत भण्डार निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । शीत भण्डार निर्माण भएपछि व्यावसायिक कृषि गर्दै आएका किसानलाई सहज हुने उनको भनाइ थियो ।

‘राज्यले कृषि क्षेत्रका लागि अर्बौँको लगानी गरेको छ । उत्पादनका लागि ठूलो खर्च हुँदा बजारीकरणमा शीत भण्डारले सहजीकरण गर्नेछ’, प्रमुख चौधरीले भने ‘किसानले मौसममा उत्पादन गरेका वस्तु बेमौसममा राम्रो मुल्यमा बिक्री गर्न शीत भण्डारले मद्दत गर्नेछ ।’
किसानबाट लागत रकम सङ्कलन हुन नसक्दा अपुग रकम टीकापुर नगरपालिकाले उपलब्ध गराएपछि निर्माण प्रक्रिया अगाडि बढेको थियो । कृषि र पर्यटन क्षेत्र प्रमुख स्रोतका रुपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा नगरपालिकाको सदैव सहयोग रहने नगर प्रमुख रामलाल डगौरा थारुले बताए।

‘हाम्रो प्राथमिकता कृषि र पर्यटन क्षेत्रमा छ । कृषिबाट टीकापुर नगरपालिकालाई समृद्ध बनाउन सकिन्छ’, उनले भने ‘यसमा रानी जमरा कुलरीया सिँचाइ आयोजनाको अर्बौँ लगानी छ । अन्य क्षेत्रले पनि समन्वय गरिरहेका बेला पालिकाले किसानलाई उत्साहित बनाउने कार्यक्रम ल्याएको हो ।’

उन्नत बीउ उत्पादनका लागि कार्यान्वयन एकाइ र नगरपालिकाको सहजीकरणमा संयुक्त योजना बनाएर काम गर्ने सहमति भएको छ । साथै किसानलाई चाहिने उन्नत जातका बेर्ना उत्पादन गरेर वितरण गरिने नगर प्रमुख थारुले जानकारी दिए । ‘टीकापुर क्षेत्रमा उत्पादन राम्रो भए पनि बजारीकरणको समस्या थियो’, उनले भने ‘शीत भण्डार निर्माण भएपछि बजारीकरणको समस्या पनि हट्दै जानेछ । रासस

  • शीत भण्डार
शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.