धनगढी- धनगढीस्थित हसनपुरमा सञ्चालित मिल्सबेरी मण्टेश्वरी स्कुलले ११ औं बार्षिकोत्सव शनिबार धनगढीमा भएको छ ।
सो बार्षिकोत्सवको उद्घाटन गर्दै ऐश्वर्य बहुमुखि क्याम्सपका क्याम्पस प्रमुख धर्मदेव भट्टले मिल्सबेरी स्कुलले बालबालिकाको सिकाइसँगै बहुआयिमक विकासका लागि महत्वपूर्ण योगदान गरेको बताए ।
उनले आजका बालबालिका भोलिका कर्णधार भएको बताउँदै शिक्षामा मात्र नभएर उनीहरुको सिकाइलाई मध्यनजर गर्दै बहुआयिमक विधामा ध्यान दिएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा समाजसेवी खेमराज पाण्डेले मिल्सबेरी स्कुल शिक्षाको विकासका लागि कोशेढुंगा साबित हुनुपर्ने बताए । उनले बालबालिकालाई किताबको भारी मात्र नबोकाएर उनीहरुको रुचिअनुसारसँगै जीवनउपयोगी शिक्षामा ध्यान दिनुपर्ने बताए ।

अर्का समाज सेवी प्रमोद पाठकले बालबालिको सिकाइलाई प्रभावकारी बनाउन मिल्सबेरी अहोरात्र लागि परेकोमा शुभकामना व्यक्त गरे ।
स्कुलका प्रधानाध्यापक सुजित शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सो स्कुलमा अध्ययनरत बालबालिकाले विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
सो बार्षिकोत्सव कार्यक्रममा बालबालिकाले विभिन्न विषयमा आफ्नो प्रतिभा प्रस्तुत गर्नुको साथै विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिएका बालबालिकालाई पुरस्कार वितरण गरिएको थियो ।

















