• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

गाजामा सङ्घर्ष विरामका लागि वार्ताको प्रयासले वीपिन फर्किने आशा फेरि जगायो

  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित

काठमाडौँ- गाजामा झन्डै ५ महिनादेखि जारी युद्धमा सङ्घर्ष विरामका लागि पुनः वार्ताको प्रयास सुरु भएको छ। पछिल्लो समय फ्रान्सको पेरिसमा जारी वार्तामा इजरायल गाजामा सङ्घर्ष विरामको विषयमा पहिलो चरणमा सहमत भएको बताइएको छ।

सङ्घर्ष विराम र बन्धकको रिहाईको विषयमा पेरिसमा वार्ता भइरहेको र इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनी कैदीलाई रिहा गर्ने विषयमा पनि छलफल भइरहेको छ। वार्तामा इजरायल पहिलो चरणमा सहमत भएको बताइएको छ।

सामाजिक सञ्जाल एक्समा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धक बनाइएका आफ्ना नागरिकको रिहाइका लागि एक टोली पेरिस पठाइएको र अर्को चरणको कुराकानी सुरु हुने बताए।

आइतवार मात्रै अमेरिकाको व्हाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले बन्धक रिहाई र अस्थायी सङ्घर्ष विरामको विषयमा पहिलो चरणमा सहमति बनेको बताएका छन्।

आइतवार कतारमा पनि सङ्घर्ष विरामको विषयमा वार्ता सुरु भएको बताइएको छ। गाजामा वार्ताको पहल र इजरायलको पहिलो चरणमा सहमतिले हमासको कब्जामा रहेका नेपाली युवा वीपिन जोशीको रिहाइ हुन सक्ने आशा फेरि जगाएको छ।

गत अक्टुबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दै जोशीलाई पनि बन्धक बनाएको इजरायली सरकारको दावी छ। तर, हालसम्मको उनको अवस्था अज्ञात नै छ।

यसअघि पहिलो चरणमा नोभेम्बरमा ७ दिनका लागि अस्थायी युद्ध विराम गरिएको थियो। पहिलो चरणमा इजरायलका ११० जना महिला तथा बालबालिका रिहा भएका थिए। त्यो समय महिला र बालबालिका मात्रै रिहा गर्ने र गराउने सहमति भएकाले एकजना पनि पुरुष मान्छे रिहा भएका थिएनन्।

युद्ध विराम सकिए लगतै इजरायलले हमासको विभिन्न केन्द्र, अस्पताल र अन्य स्थानमा आक्रमणलाई तीव्र बनाउँदै गएको छ। इजरायलले गाजामाथि गरेको तीव्र आक्रमणमा हालसम्म २७ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ। सर्वसाधारणलाई क्षति नपुर्याउन इजरायललाई विश्व समुदायको दबाब दिएपनि कुनै प्रभाव परेको छैन।

इजरायलाई सर्वसाधारणमाथि आक्रमण रोक्न गत डिसेम्बरमा संयुक्त राष्ट्र सङ्घले गाजा क्षेत्रमा युएन बडापत्रको सबैभन्दा बढी शक्तिशाली धारा ९९ लागू गर्यो। जसले युद्ध विरामको आशा जगायो। धारा लागू भएको झन्डै २ महिना पछि इजरायल र हमासबीच फेरि वार्ता भइरहेको छ।

वार्तामा दुबै पक्ष सहमत भएसँगै बन्धक बनाइएका दुबै पक्षका नागरिक रिहा हुनेछन्। जसमा नेपालका जोशी पनि पर्न सक्ने आशा गरिएको छ।इजरायलमा कृषि अध्ययनका लागि त्यहाँ पुगेका जोशीको अवस्था हालसम्म अज्ञात छ।

 

  • वीपिन फर्किने आशा
सोमबार, फागुन १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.