कञ्चनपुर- कञ्चनपुरबाट धनगढीका एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट २ सय ८० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–५ हसनपुरका २६ वर्षीय सुरज शाही सोमबार साँझ लागुऔषधसहित पक्राउ परेका हुन्। प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।













