धनगढी- डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ४ मेल्टामा रहेको भागेश्वर प्रावीमा बाबा फाउन्डेसनले छात्रवृत्ती हस्तानतरण गरेको छ।फाउण्डेशनले स्वर्गीय गोपालदत्त भट्टको सम्झनमा स्वर्गीय लक्ष्मीदत्त भट्ट वार्षीक पुण्य तिथिको अवसरमा छात्रवृत्ति हस्तान्तरण गरेको थियो।
फाउण्डेशनका संस्थापक शिवराज भट्टले गरिब, विपन्न तथा जेहेनदार विद्यार्थीलाई हरेक वर्ष छात्रवृती प्रदान गरिदै आएको बताए । यस वर्ष छात्रवृतीको ५ हजार रकम विद्यालयमा अध्ययनरत अनिता कुमारी भाट र ईश्वरी कुमारी भाटले प्राप्त गरेको विद्यालयले जनाएको छ।
















