धनगढी- कैलालीमा अवैध काठसहित मिनी ट्रक फेला परेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–११ बेलास्थित अन्दाजी १०० वटा कडीसहित से १ ख १६२० नम्बरको मिनी ट्रक पल्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए। अहिले उक्त स्थानमा प्रहरी टोली तथा वनका कर्मचारी खटिएर अनुसन्धान गरिरहेको उनले जनाकारी दिए।
















