• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

संरक्षणको प्रतीक्षामा पर्यापर्यटनको अनुपमस्थल पुरैनी ताल

  •   आइतबार, फागुन २०, २०८० मा प्रकाशित

कञ्चनपुर- बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताललाई यहाँ स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन् । ताल क्षेत्रमा सूर्योदय र सूर्यास्तका बेला चरा आकाशमा विभिन्न आकार बनाउँदै उड्दै गरेको दृश्य निकै मनमोहक हुन्छ ।

ताल वरिपरिको सीमसार क्षेत्रमा आहार खोज्दै गरेका बथानका बथान चरा अवलोकनसँगै मोबाइलमा सेल्फी खिच्नेहरू पनि ताल क्षेत्रमा पुग्ने गर्दछन् । तालमा डुबुल्की मार्दै आहारा खोज्दै गरेका चराको गतिविधि हेर्न लायक हुने गरेको छ । चराको अनुसन्धान गर्नेहरूका लागि यो तालले विशेष महत्व राख्दछ । ताल २९ बिघा क्षेत्रफलमा फैलिएको छ ।

ताल क्षेत्रमा आगन्तुक चराहरू उत्तरी ध्रुवमा चिसो बढ्दै गएपछि घण्टाको उडान गरी हिमाल छिचोल्दै पुग्ने गर्दछन् । कात्तिक महिनादेखि नै प्रवासी चराको ताल क्षेत्रमा चहलपहल सुरु हुने गरेको स्थानीय बासिन्दा वीरबहादुर रावलले बताए । “तालमा धेरै चराका प्रजाति पुसदेखि देखापर्ने गर्दछन्”, उनले भने, “गर्मी हुने क्रमसँगै वैशाखदेखि प्रवासी चरा ताल छाडेर पुरानै बासस्थानमा फर्कने गर्दछन् ।” दशकअघि तालमा पानी बढी हुने हुँदा चराको सङ्ख्या पनि बढी हुने गरेको उल्लेख गर्दै उनले हाल तालमा पानी कम हुने भएकाले चरा पनि कमै देखिने गरेको बताए ।

तालमा कुर्मा, बतख र गरुड प्रजातिका चरा बढी देखिने गरेको उनको भनाइ छ । उनका अनुसार ती चरासँगसँगै ताल क्षेत्रमा प्रवासी सिकारी चराको उपस्थिति पनि बाक्लो हुने गरेको छ । गर्मी सुरु भएपछि प्रवासी चरा फर्केर जाने गरे पनि रैथाने प्रजातिका चरा भने ताल क्षेत्रको सीमसार क्षेत्रमा वर्षभरि नै देखिने गरेको उनले बताए । पहिला आउने ठूला शरीर भएका चरा भने केही वर्षदेखि आएको नदेखिएको रावलले उल्लेख गरे ।

चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिकारी तालपछि सबैभन्दा बढी प्रजातिका प्रवासी चरा पुरैनी तालमा देखिने गरेका छन् । “यो ताल चराको स्वर्ग नै हो”, उनले भने, “संरक्षित क्षेत्र बाहिरको सबैभन्दा बढी चरा यहाँ पाइने गरेका छन् ।” यस वर्षको जलपक्षी गणनाका क्रममा तालमा ५५ प्रजातिका चरा देखापरेको उनले जानकारी दिए । चराको नयाँ प्रजातिमा यस वर्ष ताल क्षेत्रमा लाल टाउके गरुड देखापरेको उनले जानकरी दिए ।

सङ्कटापन्न सूचीमा रहेका मालक र नक्टा हाँसको सङ्ख्या ताल क्षेत्रमा सन्तोषजनक रहेको चराविज्ञ डगौरा बताउँछन् । “एकै तालमा यति धेरै चराको प्रजाति पाइनु यस क्षेत्रका लागि गर्वको कुरा हो”, उनले भने, “यस क्षेत्रलाई चरा पर्यटन क्षेत्रका रूपमा विकास गरिनुपर्छ ।”

चरा पर्यटनलाई उच्चस्तरका रूपमा हेरिने गरिएको कुरामा जोड दिँदै उनले चरा अवलोकन गर्न आउने पर्यटक आर्थिक अवस्था राम्रो भएका हुने गरेको बताए । “चरा हेर्नकै लागि पर्यटक तालसम्म पुग्ने गर्दछन्”, उनले भने, “कुनैले सौखका लागि फोटो खिच्ने, कोही आत्मशान्तिका लागि चरा भएका क्षेत्रमा घुम्नका लागि पुग्ने गर्दछन् ।”

चरा पर्यटनको विकास गरिएमा डिप्रेसनमा गएका व्यक्तिलाई फाइदा पुग्नेसँगै वैज्ञानिक अनुसन्धान गर्न सहज हुने र नयाँ प्रजातिका चरा पत्ता लगाउन सहज हुने उनको भनाइ छ । “यसका लागि चराको बासस्थानमा खलल पुर्याउनु हुँदैन”, उनले भने, “सीमसार क्षेत्रको जैविक विविधता संरक्षणमा जोड दिइनुपर्छ, तालको पानीलाई एकनास बनाइराख्नका लागि संरक्षणका कार्यक्रम सञ्चालन गरिनुपर्छ ।” तालमा क्रिडा गर्ने चरा नजिकैबाट नियाल्नका लागि अवलोकन घर निर्माण गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन सकिने उनले उल्लेख गरे ।

ताल क्षेत्रको जलकुम्भी हटाएर चरा बस्नका लागि आइल्याण्ड निर्माण गर्ने कार्यसँगै समुदायस्तरमा चरा संरक्षण र बासस्थान सुरक्षाका लागि जनचेतना जगाउने कार्यमा स्थानीय सरकारले दत्तचित्त भएर लाग्नुपर्ने उनले उल्लेख गरे ।

घोडाघोडी चरा अभय–आरण्यपछि हरिहाँसको सङ्ख्या पुरैनी तालमा अधिक देखिएको उनले जानकारी दिए । कैलाली र कञ्चनपुरका सीमसार क्षेत्रमा रैथाने तथा प्रवासी पक्षी अवलोकनका क्रममा पुरैनी ताल पुग्नुभएका सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीका प्रमुख डबलबहादुर बोहराले सरकारले तीनवटा सर्किटमा गुरुयोजना बनाएर कार्य अगाडि बढाइरहेको बताए ।

“कैलाली–कञ्चनपुर, पहाड र हिमाल गरी तीन सर्किटमा पर्यटकीय विकासका लागि कार्य भइरहेको छ”, उनले भने, “पर्यटकीय विकासमा तालतलैयासँगै जैविक विविधता संरक्षण, चराचुरुङ्गीको बासस्थान संरक्षणलाई उच्च महत्व दिइएको छ ।” चराचुरुङ्गी पर्यटन प्रवर्द्धनका माध्यमबाट विदेशी पर्यटकलाई आकर्षित गरी स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्न सकिने उनले बताए ।

प्रदेशका नौवटै जिल्लामा चरा संरक्षण कार्यक्रम समावेश गरेर कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उनले पर्यटकीय पूर्वाधार निर्माण, बासस्थान संरक्षण, जलाधार क्षेत्र संरक्षणलगायतका कार्यक्रम अघि सारिएको बताए । “इको टुरिज्मको मुख्य पाटो भनेकै चरा अवलोकन गर्नु नै हो”, उनले भने, “रैथाने प्रवासी चरा–मानव सम्बन्धलाई पर्यापर्यटनसँग जोड्नु आवश्यक छ ।”

घोडाघोडी सीमसार क्षेत्र र पुरैनी सीमसार क्षेत्रका मासिँदै गएका ताल संरक्षण गर्न ताल वरिपरिको क्षेत्रमा पर्खाल निर्माण गर्ने, पर्यटकको सुविधाका लागि भ्यूटावर निर्माण गर्नेलगायतका लागि आवश्यक छलफल गरी आगामी योजनामा समावेश गरिने उनले बताए । पुरैनीको पुरानो क्षेत्र यकिन गरी सीमाङ्कन गर्नका लागि तत्कालै कार्य अगाडि बढाइने बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले बताए ।

“चराको बासस्थान सुरक्षित बनाउन कार्यक्रम अगाडि बढाउँछौँ”, उनले भने, “ताल क्षेत्रमा रहेको जलकुम्भी हटाएर सफा बनाउँछौँ, ताललाई पुरानै प्राकृतिक अवस्थामा पुर्याएरै छाड्छौँ ।” चराको बासस्थान भत्काउनु हुँदैन भन्नेमा सचेत रहेको उल्लेख गर्दै उनले ताल र सीमसार क्षेत्रको संरक्षणका लागि प्रदेश, सङ्घीय सरकारसँग हातेमालो गरेर अगाडि बढ्न आतुर रहेको बताए ।

“तालको केही क्षेत्रमा पोखरी निर्माण गरी सहकारी संस्थासँग सम्झौता गरी माछापालनको कार्य विगतमा गरिँदै आएको थियो”, उनले भने, “चरा संरक्षणकर्मीको सल्लाहमा चराको बासस्थानमा खलल पुगेको भनेपछि माछापालनको कार्य बन्द गरेका छौँ”, थारू भाषामा कमललाई पुरैना भन्ने गरिएकाले त्यसकै आधारमा तालको नाम पुरैनी राखिएको बताइन्छ । रासस

  • अनुपमस्थल पुरैनी ताल
आइतबार, फागुन २०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.