काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्रालयको जिम्मेवारी दिएका छन्। प्रधानमन्त्री प्रचण्डको सिफारिसमा रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
उनका अनुसार अर्थस उद्योग, वाणिज्य तथा आपूर्तिस ऊर्जा, जलस्रोत तथा सिंचाइस कानून, न्याय तथा संसदीय मामिलास कृषि तथा पशुपन्छी विकासस खानेपानीस गृहस परराष्ट्रस भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणस भौतिक पूर्वाधार तथा यातायातस महिला, बालबालिका तथा ज्येष्ठ नागरिकस युवा तथा खेलकुदस रक्षास वन तथा वातावरणस शिक्षा, विज्ञान तथा प्रविधिस श्रम, रोजगार तथा सामाजिक सुरक्षास संस्कृति, पर्यटन तथा नागरिक उड्डयनस सङ्घीय मामिला तथा सामान्य प्रशासनस सञ्चार तथा सूचना प्रविधिस सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्याको जिम्मेवारी प्रधानमन्त्री स्वयमले लिएका हुन्।
एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बनेपनि उनीहरुको कार्यभार पछि तोकिने छ। आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ समिकरण बनेसँगै यस अगाडि मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरु वर्खास्तीमा परेका छन्।
गत वर्ष पुस १० गते बनेको गठबन्धन सरकारमा पर्वतबाट निर्वाचित सांसद एवम् एमालेका प्रमुख सचेतक पदम गिरी स्वास्थ्यमन्त्री, रास्वपाका उपसभापतिसमेत रहेका अर्याल श्रम तथा रोजगारमन्त्री थिए। तामाङ नुवाकोट-१ बाट निर्वाचित माओवादी केन्द्रका सांसद हुन्। तीन दलले पहिलो चरणमा एक/एक सांसदलाई सरकारमा पठाएका हुन्। नयाँ सत्ता समिकरणमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा रहेको छ।














