धनगढी- सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा रहेको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेको समाजवादीले बदलिएको नयाँ राजनीतिक समीकरणपछि सुदूरपश्चिममा अझै ठोस निर्णय गर्न नसकेको हो ।
मंगलबार बसेको समाजवादीको संसदीय दलको बैठकले केन्द्रको निर्णय अनुसार अगाडि बढ्ने निर्णय गरेको संसदीय दलको सचिवालयले बतायो ।
योसँगै सुदूरपश्चिम प्रदेश सरकारमा समाजवादीको तर्फबाट आर्थिक मामिला मन्त्री बनेका नरेश बहादुर शाही अझै यथावत् रहेका हुन् । यहाँ मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका ३ मन्त्रीलाई यसअघि नै बर्खास्त गरेका छन् ।













