धनगढी- सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको दोस्रो जिल्ला अधिवेशनबाट सामाजिक अभियन्ता एवम् पत्रकार दिपक उपाध्यायको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा विजया राना, महिला उपाध्यक्षमा सरिता कठायत, सचिवमा प्रिन्सीका सिंह ९रोशनी०, कोषाध्यक्षमा कमला तिमिल्सिना निर्विरोध चयन भएका छन् ।
त्यस्तै, सदस्यमा लवदेव धामी, वीरेन्द्र सिंह, देवराज अवस्थी, विष्णु कुमारी बुढा, कामदेव ओझा, सुरेश भूल, निर्मला विक चयन भएका छन् ।अधिवेशनमा सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचन्द, केन्द्रीय सदस्य श्रवण देउवा, सुदूरपश्चिम प्रदेश अध्यक्ष पुष्पराज जोशीलगायत उपस्थित थिए ।













