धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन् ।
शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चाैधरीले आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरी कृषि राज्यमन्त्री र खुसिराम चाैधरीलाई बिना विभागीय मन्त्री नियुक्त गरिएको स्रोतले जनाएको छ ।
उनीहरूकाे आज नै सपथ ग्रहण राखिएको छ । मुख्यमन्त्री शाहले राप्रपाकि खेमादेवी बिष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जाेशीलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका थिए । तर राप्रपाकी विष्टल अस्वीकार गरेपछि बिहीबार राति अस्वीकार गरेपछि सरकार विस्तारकाे काम राेकिएकाे थियो ।
नाउपाकाे निर्णय स्पष्ट चाहियाे भनेपछि मुख्यमन्त्री शाहले मन्त्री नियुक्त गर्न लागेकाे बुझिएको छ ।













